Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

२३२ जना सवार विमानको इन्जिन मध्य आकाशमा बिग्रिएपछि…


२४ जेठ, एजेन्सी । भारतको राजधानी नयाँदिल्लीबाट क्यालिफोर्नियाको सानफ्रान्सिस्कोका निम्ति चालक दलका १६ जना सदस्य र दुई सय १६ जना यात्री बोकेर उडेको इन्डियाको एयर इन्डियाको विमान मध्य आकाशमा यान्त्रिक समस्या भएपछि रुसतर्फ पथान्तरण भएको छ ।

निर्धारित समयमा इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार  सानफ्रान्सिस्कोतर्फ उडेको विमानको एउटा इन्जिनमा प्राविधिक खराबी उत्पन्न भएपछि रुसको मगदान विमानस्थलमा सुरक्षित अवतरण भएको एयर इन्डियाले एक विज्ञप्ति निकालेर जनाएको छ ।

“मगदानमा सबै यात्रुलाई हरसम्भव सबै सहयोग उपलब्ध गराइएको र चाँडोभन्दा चाँडो  उनीहरूलाई गन्तव्यमा पुग्न वैकल्पिक विकल्प उपलब्ध गराइने छ । विमानको प्राविधिक परीक्षण भइरहेको छ । यात्रुहरूलाई पर्न गएको असुविधाप्रति खेद व्यक्त गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

यसअघि यसै वर्षको अप्रिलमा खराब मौसम र आकाशमा विमानहरूको भीडभाडका कारण चेन्नईबाट सिङ्गापुरतर्फ प्रस्थान गरेको एयर इन्डियाको विमानलाई पथान्तरण गरेर मलेसियामा अवतरण गरिएको थियो ।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?