Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनको आपत्ति


२४ जेठ, एजेन्सी । अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनले आपत्ति जनाएको छ । विश्वले ‘बेइजिङको धम्की र जबरजस्ती झेल्नु परेको’ रक्षामन्त्री लोयड अस्टिनको टिप्पणीप्रति चीनले आपत्ति जनाएको हो ।

भारत भ्रमणको क्रममा अमेरिकी रक्षामन्त्रीले गरेको टिप्पणीको जवाफमा नयाँदिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सिया ओजियानले जबरजस्ती र आधिपत्यका लागि सबै प्रकारका उपाय अमेरिकाले अपनाउने गरेको बताएका छन् । उनले विश्वशान्ति र समृद्धिका लागि चीनको योगदान रहेको बताउँदै अमेरिकाको जबरजस्ती र दादागिरीका कारण विकासोन्मुख देशमात्र नभइ उसका सहयोगी र साझेदारहरूसमेत मारमा परेका दाबी गरेका छन् ।

“वर्तमान चीन–भारत सीमा स्थिति समग्रमा स्थिर छ, सीमा मामिला चीन र भारत बीचको विषय हो, कुनै तेस्रो पक्षको हस्तक्षेप स्वीकार्य छैन,” प्रवक्ता वाङले भनेका छन् ।

सोमबार रक्षामन्त्री राजनाथ सिंहसँगको द्विपक्षीय बैठकपछि पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री अस्टिनले द्रुत रूपमा परिवर्तन भइरहेको विश्व र अन्तरराष्ट्रिय चुनौतीको चर्चा गर्दा चीनमाथि त्यस्तो टिप्पणी गरेका थिए । उनले युक्रेन युद्धमा चीनको भूमिकाका साथै आतङ्कवाद र जलवायु परिवर्तनजस्ता अन्तरराष्ट्रिय चासोका विषयमा चीनको भूमिकालाई लिएर आलोचना गरेका थिए ।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?