Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

११ संस्थालाई धितोपत्र व्यवसायी अनुमति


२३ जेठ, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले विभिन्न ११ संस्थालाई धितोपत्र व्यवसायीको अनुमति दिएको छ । बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ११ संस्थालाई धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिएको जनाएको छ ।

बोर्डका अनुसार नविल सेक्युरिटल लिमिटेडलाई धितोपत्र व्यापारीको अनुमति दिइएको छ । त्यस्तै, मेघा स्टक मार्केट्स लिमिटेडलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति दिइएको छ ।

त्यसैगरी, एलिट स्टक हाउस लिमिटेड लाजिम्पाट, इन्फिनिटी सेक्युरिटिज लिमिटेड सुन्धारा, इन्डेक्स सेक्युरिटिज लिमिटेड डिल्लीबजार, शुभकामना सेक्युरिटिज प्रालि र हातेमालो फाइनान्सिङ सर्भिसेज प्रालिलाई सीमिति कार्य गर्ने गरी मात्रै धितोपत्र दलालको अनुमति दिइएको छ ।

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड, केविएल सेक्युरिटिज लिमिटेड, कलश स्टक मार्केट लिमिटेड र नवील सेक्युरिटिज लिमिटेडले पनि सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन् ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?