Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

इरानले साउदी अरबमा कूटनीतिक नियोग खोल्ने


२३ जेठ, एजेन्सी । इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार साउदी अरेबियामा आगामी दुई दिनभित्र कूटनीतिक नियोग पुनः खोल्ने बताएका छन् ।

नासेर कनानीले विज्ञप्ति जारी गर्दै साउदीको राजधानी रियादमा रहेको इरानी दूतावास र जेद्दाहमा इस्लामिक सहयोग सङ्गठनका लागि महावाणिज्य दूतावास र प्रतिनिधि कार्यालय मङ्गलबार र बुधबार औपचारिक रूपमा पुनः खोल्ने उल्लेख गरेका छन् ।

यो निर्णय द्विपक्षीय सम्बन्ध पुनः सुरु गर्ने इरान–साउदी अरेबिया सम्झौता कार्यान्वयन गर्ने प्रक्रियाको एक हिस्सा हो, मन्त्रालयको वेबसाइटमा उल्लेख छ । इरानले अनुभवी कूटनीतिज्ञ अलिरेजा इनायतीलाई साउदी अरेबियाका लागि आफ्नो राजदूत नियुक्त गरेको अर्ध–सरकारी फार्स समाचार एजेन्सीले बताएको छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?