Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

डुङ्गा डुब्दा ७ छात्राको मृत्यु


२२ जेठ, एजेन्सी । गिनीमा सोमबार डुङ्गा डुब्दा कम्तीमा सात छात्राको मृत्यु भएको छ ।

पश्चिम अफ्रिकाको गिनीको उत्तरपूर्वमा रहेको नाइजर नदी तरेर सोमबारदेखि सुरु हुने उच्च विद्यालयप्रवेश परीक्षाका लागि ती छात्राहरू सहभागी भएपछि घर फर्कने क्रममा उनीहको मृत्यु भएको थियो ।

“सात जना विद्यार्थीले ज्यान गुमाएको खबरले हामी स्तब्ध भएका छौं,” साक्षरता तथा पूर्व–विश्वविद्यालय शिक्षा मन्त्री गुइलाम हाउइङले परीक्षा अवधि सुरु गर्न यस क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूसँग भने ।

मृत्यु हुनेमा उनकी सौतेनी बहिनी पनि रहेको सुरक्षा अधिकारी मामादी केइटाले एएफपीलाई बताए ।

छात्राहरू विद्यालयको सातौं कक्षामा प्रवेश परीक्षाकोे लागि नाइजर नदी पारी गएका थिए ।

घटनामा अन्य व्यक्ति पनि हताहत भएको सूचनाका आधारमा उनीहरूको खोजी कार्य जारी राखिएको छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?