Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

महाभारतका शकुनीको निधन


२२ जेठ, एजेन्सी । महाभारतमा शकुनीको भूमिका निभाएर चर्चित बनेका अभिनेता गुफी पेन्टलको सोमबार बिहान निधन भएको छ । उनी ७८ वर्षका थिए । पेन्टल ८ दिनयता मुम्बईस्थित अँधेरी अस्पतालमा भर्ना भएका थिए । उनलाई हृदय र मृगौला सम्बन्धी समस्या थियो ।

गुफीका भतिज हितेन र महाभारतमा उनका साथी कलाकार सुरेन्द्र पालले निधनको पुष्टि गरेका छन् । उनको आज ४ बजे अन्तिम संस्कार गरिनेछ ।एक साताअघिमात्र गुफीको स्वास्थ्यमा समस्या आएको थियो । त्यो समयमा उनी फरीदाबादमा थिए । त्यहाँको अस्पतालमा भर्ना भए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई मुम्बई ल्याइएको थियो ।

गुफीले सन् १९७५ मा फिल्म ‘रफू चक्कर’बाट बलिउडमा डेब्यू गरेका थिए । ८० को दशकमा उनले कैयौं फिल्म र टेलिभिजन शोमा अभिनय गरे । यद्यपि उनले पहिचान भने सन् १९८८ मा बीआर चोपडाको महाभारतबाट पाए । उनी पछिल्लोपटक स्टार भारतको शो ‘जय कन्हैया लाल की’मा अभिनय गरेका थिए । अभिनयमा आउनुअघि उनी सेना थिए ।

उनले सानो भाई कन्वरजीतको भनाई मानेर सन् १९६९ मा मुम्बई आएका थिए । त्यहाँ उनले मोडलिङ र अभिनय सिकेपछि कैयौं फिल्ममा सहायक निर्देशकका रुपमा काम गरे । त्यही बेला उनले महाभारतमा कास्टिङ निर्देशकका रुपमा काम गर्ने मौका पाए ।

‘म महाभारतमा शकुनीको चरित्र निभाउनका लागि उपयुक्र्त अनुहारको खोजीमा थिएँ । मैले शोका लागि सबै कलाकारको अडिसन लिएँ । मैले यो भूमिकाका लागि तीन व्यक्तिलाई छनोट गरें । यही समयमा स्क्रिप्ट लेखक मासूम रजाले मलाई नै शकुनीको भूमिकामा अभिनय गर्न सल्लाह दिए । यसरी म महाभारतको शकुनी बनें’, उनले भनेका थिए ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?