Trending
>>   संसदीय समितिले राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न गृहमन्त्रीलाई बोलायो >>   चुरोट छाड्न सकिरहनु भएको छैन ? यस्ता छन् घुम्रपानले निम्त्याउने समस्याहरु >>   प्रेम सम्बन्ध भएको समयमा खिचिएका अश्लिल भिडियोहरू पठाएको आरोपमा दुई जना पक्राउ >>   न्याय परिषद् सदस्यमा प्रश्तावित खड्का बिरुद्ध उजुरी आह्वान >>   ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : प्रमुख घिमिरे >>   पक्षघात उपचारका लागि महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको निर्णय >>   ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसक्यौँः प्रमुख महर्जन >>   ९८ प्रतिशत नागरिकलाई आधारभुत खानेपानीको पहुँचमा पुर्याईसक्यौं : मन्त्री यादव >>   चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छः कुलमान घिसिङ >>   गायिका मेलिना राई विवाह बन्धनमा बाँधिदै !
Logo
३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा


२२ जेठ, एजेन्सी । शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट सोमबारदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले भारतमा दशकौंपछि भएको घातक रेल दुर्घटनाको कारण सिग्नल प्रणालीसँग जोडिएको समस्याका कारण भएको बताएका छन् ।

भारतको पूर्वी राज्य उडिसाको बालासोर नजिकै भएको दुर्घटनामा २७५ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् ।

अधिकारीहरूले सुरुमा मृत्यु हुनेको सङ्ख्या २८८ रहेको बताएका थिए, तर उडिसा राज्य सरकारले केही शवहरू गलत तरिकाले दुई पटक गणना गरिएको भन्दै मृतकको संशोधित सङ्ख्या २७५ भएको पुष्टि गरेको छ ।

एक हजार १७५ घाइतेमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् भने ३८२ जनाको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

यद्यपि, घाइतेमध्ये केहीको अवस्था अझै पनि गम्भीर रहेको भन्दै मृतकको सङ्ख्या अझै बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

रेल मन्त्रालयले रेल दुर्घटना भएको ५१ घण्टापछि कोइला लोड गरिएको मालबाहक रेल लिकमा गुडेसँगै सेवा पुनः सञ्चालनमा आएको हो ।

यद्यपि,सबै लिकहरू पूर्ण रूपमा मर्मत गरिएको छ कि छैन भन्नेबारे तत्काल स्पष्ट भएको छैन ।सोमबार रेलहरूले एउटा छेउमा लाइनहरू मात्र प्रयोग गरेको देखिएको छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?