Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

दयाहाङ राई भन्छन् – भेडा चराउनु सहज काम होइन


२२ जेठ, काठमाडाैँ । चलचित्रमा निर्वाह गर्ने भूमिकामा बाच्ने कलाकारमध्येमा अभिनेता दयाहाङ राई एक हुन् । अर्थात् चलचित्रमा उनि निर्वाह गर्नुपर्ने चरित्रलाई निर्माण गर्न त्यही जीवनलाई महसुस गर्छन् । कथा र व्यथासँग जोडिएपछि चरित्र जीवन्त हुने अभिनेता राईको बुझाइ थियो ।

“चलचित्रमा अभिनय गर्ने क्रममा विभिन्न पात्र र जीवनसँग साक्षात्कार गर्ने मौका पाइन्छ । मेरो प्रदर्शनको क्रममा रहेको चलचित्र नीरफूलमा मैले गोठालोको भूमिका निर्वाह गर्ने । भीरपाखामा भेडा चराउँदा उहाँहरुको समस्या र साहससँग साक्षात्कार भए”, अभिनेता राईले भने । कसरी भेडालाई माथि तिर लाने, कसरी तल झार्ने, तिनीहरुलाई कसरी नुन खुवाउने, कसरी स्याहार गर्ने भन्नेबारे स्थानीयसँग छलफल गरेपछि उनले जानकारी पाएका रहेछन् ।

“पहिलो पटक यो चलिचत्रबाट मैले भेडा गोठालेको सङ्घर्षपूर्ण अनुभव सङ्गाल्ने अवसर पाएँ । मेरो लागि रोचक रह्यो”, उनले भने । धादिङको रुबी भ्यालीमा छायाङ्कन हुँदा अभिनेता राईले हिमाली जीवनको अनुभव सङ्गालेका रहेछन् । एउटा नेपाली केही वर्ष विदेशमा रोजगारी गरेर घर फर्कँदा उसको थातथलो नै नेपालको नक्साबाटै हराउनु, उसको गाउँ नै नभेटिनु जस्तो बिडम्वना नै चलचित्रको कथासार रहेको अभिनेता राईको भनाइ थियो । उनले चलचित्र ‘नीरफूल’ मौलिक कथा र बिरलै हुने घटनामा केन्द्रित रहेको बताए ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?