Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

सुडानमा युद्धविरामका लागि नयाँ वार्ताको लागि अमेरिका र साउदी अरेबियाको दबाव


२२ जेठ, एजेन्सी । संयुक्त राज्य अमेरिका र साउदी अरबले सुडानका युद्धरत जनरलहरूबीच युद्धविराम वार्ताका लागि आइतबार पुनः दबाब दिएका छन् ।

धेरै पटक युद्धविराममा सहमति भएको छ र भङ्ग भएको छ । वासिङ्टनले गत हप्ता दुई युद्धरत जनरलहरूमाथि प्रतिबन्ध लगाएको थियो र दुवै पक्षलाई ‘भयानक’ रक्तपातको लागि दोषी ठहराएको थियो ।

सुडानको आधिकारिक सेना र अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्स (आरएसएफ) का प्रतिनिधिहरू साउदी अरबको तटीय शहर जेद्दाहमा रहेका छन् ।

रियादले भनेको छ, “विदेशी मध्यस्थहरूले ‘शत्रुताको स्थायी अन्त्यको लागि निर्माण गर्ने उद्देश्यका साथ नयाँ युद्धविरामका लागि पक्षहरू सहमत हुन र प्रभावकारी रूपमा कार्यान्वयन गर्न’ आह्वान गरेका छन् ।

अमेरिका र साउदी अरबको मध्यस्थतामा जारी युद्धविरामको पाँच दिनको समयावधि औपचारिक रूपमा शनिबारसकिएको छ, तर द्वन्द्व कम हुने कुनै सङ्केत देखिएको छैन ।

“आर्म कन्फ्लिक्ट लोकेसन एण्ड इभन्ट प्रोजेक्ट’का अनुसार एक हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार १२ लाख मानिस आन्तरिक तथा बाह्यरूपमा विस्थापित भएका छन् भने चार लाख २५ हजारभन्दा बढी विदेश पलायन भएका छन् ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?