Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

सुडानमा युद्धविरामका लागि नयाँ वार्ताको लागि अमेरिका र साउदी अरेबियाको दबाव


२२ जेठ, एजेन्सी । संयुक्त राज्य अमेरिका र साउदी अरबले सुडानका युद्धरत जनरलहरूबीच युद्धविराम वार्ताका लागि आइतबार पुनः दबाब दिएका छन् ।

धेरै पटक युद्धविराममा सहमति भएको छ र भङ्ग भएको छ । वासिङ्टनले गत हप्ता दुई युद्धरत जनरलहरूमाथि प्रतिबन्ध लगाएको थियो र दुवै पक्षलाई ‘भयानक’ रक्तपातको लागि दोषी ठहराएको थियो ।

सुडानको आधिकारिक सेना र अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्स (आरएसएफ) का प्रतिनिधिहरू साउदी अरबको तटीय शहर जेद्दाहमा रहेका छन् ।

रियादले भनेको छ, “विदेशी मध्यस्थहरूले ‘शत्रुताको स्थायी अन्त्यको लागि निर्माण गर्ने उद्देश्यका साथ नयाँ युद्धविरामका लागि पक्षहरू सहमत हुन र प्रभावकारी रूपमा कार्यान्वयन गर्न’ आह्वान गरेका छन् ।

अमेरिका र साउदी अरबको मध्यस्थतामा जारी युद्धविरामको पाँच दिनको समयावधि औपचारिक रूपमा शनिबारसकिएको छ, तर द्वन्द्व कम हुने कुनै सङ्केत देखिएको छैन ।

“आर्म कन्फ्लिक्ट लोकेसन एण्ड इभन्ट प्रोजेक्ट’का अनुसार एक हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार १२ लाख मानिस आन्तरिक तथा बाह्यरूपमा विस्थापित भएका छन् भने चार लाख २५ हजारभन्दा बढी विदेश पलायन भएका छन् ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?