Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माण गर्न महायज्ञबाट जुट्यो रु ३५ लाख सहयोग


२१ जेष्ठ ,काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २९ स्थित श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि रु ३५ लाख सहयोग जुटेको छ । मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले नौ दिने श्री गोदा वेणुगोपाल श्री महालक्ष्मी पुष्पयाग साङ्गश्रीमद्भागवत महापुराण सम्पन्न भएको थियो ।

महायज्ञबाट रु ३५ लाख सहयोग जुटेको श्री गोदा वेणुगोपाल मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष मुकुन्द अधिकारीले राससलाई जानकारी दिनुभयो । महायज्ञमा श्री १००८ डा चक्रपाणि आचार्य स्वामीजीले कथा वाचन गरेका थिए ।

महायज्ञमा जनार्दन घिमिरेले मूल पाठपारायण गर्नुभएको मूल आयोजक समितिको अध्यक्षसमेत रहेका श्री १००८ यतीन्द्राचार्य महन्तले जानकारी दिए । विसं २०२१ मा श्री १००८ श्रीनिवासाचार्यले स्थापना गरेको मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको थियो ।

काठमाडौँ महानगरपालिका, काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंह, वाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वसंस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायत स्थानीयवासीको सहयोगमा मन्दिर पुनःनिर्माण भइरहेको छ ।

मन्दिर पुनःनिर्माणका लागि अहिलेसम्म रु १३ करोड खर्च भइसकेको व्यवस्थापन समितिका कोषाध्यक्ष अधिकारीले बताउनुभयो । मन्दिर पुनःनिर्माण सम्पन्न गर्न अझै रु पाँच करोड बजेट लाग्ने उनले सुनाए ।

बाँकी सहयोग जुटाउने उद्देश्यले नै अनुष्ठान आयोजना गरिएको जनाइएको छ । अनुष्ठानबाट रु ३५ लाख सहयोग जुटेपछि बाँकी रकम कसरी जुटाउने भन्ने विषयमा छलफल भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?