Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

इरानबाट दुई हजार १०६ अफगान शरणार्थी स्वदेश फर्किए


२१ जेठ, एजेन्सी । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतवार विज्ञप्तिमार्फत छिमेकी इरानबाट कुल २,१०६ अफगान शरणार्थी शनिबार स्वदेश फर्किएको उल्लेख छ ।

“इरानमा शरणार्थीका रूपमा वर्षौँसम्म बसेका २,१०६ अफगानी शरणार्थी शनिबार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । शरणार्थीलाई उनीहरूको देश फर्काउने प्रक्रिया जारी छ,“ विज्ञप्तिमा भनिएको छ ।

यसअघि मे ३१ मा मन्त्रालयले इरानबाट करिब २,८०० अफगान शरणार्थी फिर्ता भएको जानकारी दिएको थियो ।

गत जनवरीदेखि करिब ६०,००० अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् । २५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थी इरानमा बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा अफगान शरणार्थी पाकिस्तानमा बसिरहेका छन् ।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगान शरणार्थीलाई स्वदेश फर्कन र पुनःनिर्माण प्रक्रियामा योगदान दिन आह्वान गर्दै आएको छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?