Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

अष्ट्रेलियाका प्रधानमन्त्री भियतनाम भ्रमणमा, समकक्षीसँग भेटवार्ता


२१ जेठ, एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भियतनामी समकक्षी फाम मिन्ह चिनसँग आइतबार भेटवार्ता गरेका छन् । सो अवसरमा दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको भियतनाम समाचार एजेन्सीले जनाएको छ ।

बैठकमा भियतनामको दुई दिने औपचारिक भ्रमण गरेका अल्बानीजले जलवायु परिवर्तनसँग लड्न भियतनामलाई सहयोग गर्न १० करोड ५० लाख अष्ट्रेलियाली डलर (६९.५ मिलियन अमेरिकी डलर)को प्याकेज घोषणा गरेका छन् । अष्ट्रेलियाले नयाँ कार्यक्रम पनि विस्तार गर्नेछ जसले अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी र भियतनामी समकक्षबीचको सहकार्यलाई व्यावहारिक कृषिजस्ता क्षेत्रमा संयुक्त विज्ञान अनुसन्धानलाई व्यावसायीकरण गर्न सक्षम बनाउँने छ ।

अष्ट्रेलिया र भियतनामले कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा गरेको अवसरमा अल्बानीजको भ्रमण भएको हो ।

अष्ट्रेलिया भियतनामको सातौँ ठूलो व्यापारिक साझेदार हो भने भियतनाम अष्ट्रेलियाको व्यापारिक साझेदारमध्ये को १० औँ स्थानमा पर्दछ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?