Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

अष्ट्रेलियाका प्रधानमन्त्री भियतनाम भ्रमणमा, समकक्षीसँग भेटवार्ता


२१ जेठ, एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भियतनामी समकक्षी फाम मिन्ह चिनसँग आइतबार भेटवार्ता गरेका छन् । सो अवसरमा दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको भियतनाम समाचार एजेन्सीले जनाएको छ ।

बैठकमा भियतनामको दुई दिने औपचारिक भ्रमण गरेका अल्बानीजले जलवायु परिवर्तनसँग लड्न भियतनामलाई सहयोग गर्न १० करोड ५० लाख अष्ट्रेलियाली डलर (६९.५ मिलियन अमेरिकी डलर)को प्याकेज घोषणा गरेका छन् । अष्ट्रेलियाले नयाँ कार्यक्रम पनि विस्तार गर्नेछ जसले अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी र भियतनामी समकक्षबीचको सहकार्यलाई व्यावहारिक कृषिजस्ता क्षेत्रमा संयुक्त विज्ञान अनुसन्धानलाई व्यावसायीकरण गर्न सक्षम बनाउँने छ ।

अष्ट्रेलिया र भियतनामले कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा गरेको अवसरमा अल्बानीजको भ्रमण भएको हो ।

अष्ट्रेलिया भियतनामको सातौँ ठूलो व्यापारिक साझेदार हो भने भियतनाम अष्ट्रेलियाको व्यापारिक साझेदारमध्ये को १० औँ स्थानमा पर्दछ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?