Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

वायु सेनाका पूर्व पाइलटलाई भर्ती नगर्न चीनलाई जर्मनीको आग्रह


२१ जेठ, एजेन्सी । आफ्नो वायु सेनालाई तालिम दिन लुफ्टवाफेका पूर्व पाइलटहरूलाई भर्ती नगर्न जर्मनीले चीनसँग आग्रह गरेको छ । रक्षामन्त्री बोरिस पिस्टोरियसले भने, ‘मैले जर्मनीको वायु सेनाका पाइलटहरूको प्रश्न उठाएको छु । उनीहरूलाई चिनियाँ पाइलटहरूलाई तालिम दिन भर्ती गरिएको जस्तो देखिन्छ ।’

सिङ्गापुरमा आयोजित रक्षा तथा सुरक्षा सम्मेलनका क्रममा चिनियाँ समकक्षी ली शाङफुसँगको भेटपछि उनले यस्तो बताएका हुन् । चिनियाँ रक्षामन्त्री शाङफुसँग आफूले जर्मन पाइलटलाई तालिमका लागि भर्ना गर्न रोक्न भनेको र यदि सोही कार्य जर्मनीले गरेमा चीन पनि खुशी नहुने बताएको उल्लेख गरे । यो अभ्यास तुरुन्तै अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

‘लीले यसलाई अस्वीकार गर्नुभएन तर कम ध्यान दिनुभएजस्तो लाग्यो,’ उनले भने । जर्मन साप्ताहिक डेर स्पीगेल र सार्वजनिक टिभी च्यानल जेडडीएफले जनाए अनुसार हालैका वर्षहरूमा चीनले आफ्ना पाइलटहरूलाई प्रशिक्षित गर्नजर्मनीका वायु सेनाका धेरै पूर्व पाइलटहरूलाई नियुक्त गरेको छ ।उनीहरुको तलब सेशेल्सका फोन कम्पनीहरूमार्फत भुक्तानी गरिएको बताइएको छ ।

जर्मनीको गुप्तचर सेवाको रेखदेख गर्ने संसदीय समितिलाई यो विषय गम्भीर चिन्ताको विषय भएको बताइएको छ । संसदीय समितिका प्रमुखले भने, ‘हामी चिन्तित छौं, पहिले जर्मन राज्यका लागि काम गरेका सैनिकहरू अन्य मुलुकको सम्बन्धित क्षेत्रमा नै भर्ति हुँदा उनीहरूले राज्यको गोपनीयतालाई भङ्ग गर्ने खतरा हुनसक्छ ।’

जर्मन पाइलटहरूले युरोफाइटर लडाकू विमानहरू उडाएका र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) अभ्यासमा भाग लिएका पनि बताइएको छ । जेडडीएफका अनुसार रक्षा मन्त्रालयले यसबारे गहन अनुसन्धान सुरु गर्ने योजना बनाएको छ । हालैका वर्षहरूमा बेलायत र संयुक्त राज्य अमेरिकामा पनि यस्तै घटनाहरू देखा परेका छन् ।

चीन र छिमेकी ताइवानबीच तनाव बढिरहेका बेला जर्मनीले उक्त बिषयलाई उठाएको हो । चीनले स्वशासित प्रजातान्त्रिक ताइवानलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ र आवश्यक परेको खण्डमा बलप्रयोग गरेर एक दिन ताइवान कब्जा गर्ने प्रतिबद्धता जनाएको छ । सन् २०१६ देखि बेइजिङले यस टापुको वरपर हवाई र समुद्री कारबाहीलाई बढाएको छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?