Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

वायु सेनाका पूर्व पाइलटलाई भर्ती नगर्न चीनलाई जर्मनीको आग्रह


२१ जेठ, एजेन्सी । आफ्नो वायु सेनालाई तालिम दिन लुफ्टवाफेका पूर्व पाइलटहरूलाई भर्ती नगर्न जर्मनीले चीनसँग आग्रह गरेको छ । रक्षामन्त्री बोरिस पिस्टोरियसले भने, ‘मैले जर्मनीको वायु सेनाका पाइलटहरूको प्रश्न उठाएको छु । उनीहरूलाई चिनियाँ पाइलटहरूलाई तालिम दिन भर्ती गरिएको जस्तो देखिन्छ ।’

सिङ्गापुरमा आयोजित रक्षा तथा सुरक्षा सम्मेलनका क्रममा चिनियाँ समकक्षी ली शाङफुसँगको भेटपछि उनले यस्तो बताएका हुन् । चिनियाँ रक्षामन्त्री शाङफुसँग आफूले जर्मन पाइलटलाई तालिमका लागि भर्ना गर्न रोक्न भनेको र यदि सोही कार्य जर्मनीले गरेमा चीन पनि खुशी नहुने बताएको उल्लेख गरे । यो अभ्यास तुरुन्तै अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

‘लीले यसलाई अस्वीकार गर्नुभएन तर कम ध्यान दिनुभएजस्तो लाग्यो,’ उनले भने । जर्मन साप्ताहिक डेर स्पीगेल र सार्वजनिक टिभी च्यानल जेडडीएफले जनाए अनुसार हालैका वर्षहरूमा चीनले आफ्ना पाइलटहरूलाई प्रशिक्षित गर्नजर्मनीका वायु सेनाका धेरै पूर्व पाइलटहरूलाई नियुक्त गरेको छ ।उनीहरुको तलब सेशेल्सका फोन कम्पनीहरूमार्फत भुक्तानी गरिएको बताइएको छ ।

जर्मनीको गुप्तचर सेवाको रेखदेख गर्ने संसदीय समितिलाई यो विषय गम्भीर चिन्ताको विषय भएको बताइएको छ । संसदीय समितिका प्रमुखले भने, ‘हामी चिन्तित छौं, पहिले जर्मन राज्यका लागि काम गरेका सैनिकहरू अन्य मुलुकको सम्बन्धित क्षेत्रमा नै भर्ति हुँदा उनीहरूले राज्यको गोपनीयतालाई भङ्ग गर्ने खतरा हुनसक्छ ।’

जर्मन पाइलटहरूले युरोफाइटर लडाकू विमानहरू उडाएका र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) अभ्यासमा भाग लिएका पनि बताइएको छ । जेडडीएफका अनुसार रक्षा मन्त्रालयले यसबारे गहन अनुसन्धान सुरु गर्ने योजना बनाएको छ । हालैका वर्षहरूमा बेलायत र संयुक्त राज्य अमेरिकामा पनि यस्तै घटनाहरू देखा परेका छन् ।

चीन र छिमेकी ताइवानबीच तनाव बढिरहेका बेला जर्मनीले उक्त बिषयलाई उठाएको हो । चीनले स्वशासित प्रजातान्त्रिक ताइवानलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ र आवश्यक परेको खण्डमा बलप्रयोग गरेर एक दिन ताइवान कब्जा गर्ने प्रतिबद्धता जनाएको छ । सन् २०१६ देखि बेइजिङले यस टापुको वरपर हवाई र समुद्री कारबाहीलाई बढाएको छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?