Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

विश्व वातावरण दिवसमा प्रभातफेरी


२० जेष्ठ ,काठमाडौँ । विश्व वातावरण दिवस-२०८० को अवसरमा आज प्रभावफेरीको आयोजना गरिएको छ । ‘सफा सहर हाम्रो रहर’ भन्ने मूल नारासहित फोहोर मैला व्यवस्थापन सङ्घ नेपाल, चन्द्रागिरि वातावरण एण्ड ट्रेड लिङ्क र सर्वकल्याण वातावरण सेवा प्रालिलगायतका सङ्घ/संस्थाले आयोजना गरेको प्रभातफेरी भृकुटीमण्डबाट सुरु भएर, भद्रकाली, शहीद ढोका, सुन्धारा, रत्नपार्क, जमल, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ । सन् १९७२ मा स्वीडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो ।

दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले विभिन्न चेतनामूलकलगायतका कार्यक्रम गर्ने भएका छन् । सोही अवसरमा चन्द्रागिरि वातावरण एण्ड ट्रेड लिङ्कका अध्यक्ष लक्ष्मण शिवाकोटीले स्वच्छ वातावरणका लागि फोहर गरेर सफा गर्नेभन्दा पनि फोहर नै नगर्नु वा फोहरको सही व्यवस्थापन गर्नु उत्तम उपाय हुने बताए ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?