Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

१० करोड ७० लाख वर्ष पुराना हड्डी भेटिए


१८ जेठ, सिड्नी । अष्ट्रेलियामा १० करोड ७० लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको निष्कर्ष सुनाउँदै उक्त जानकारी दिएका हुन् ।

८० को दशकमा भेटिएका ती जीवाश्म हड्डी आकाशमा उड्ने विशाल सरीसृपको भएको र तिनको उत्पत्ति १० करोड ७० लाख वर्षअघि भएको बताएका छन् । हिस्टोरिकल बायोलोजी जर्नलमा मङ्लगलबार प्रकाशित एक अध्ययनअनुसार कर्टिन युनिभर्सिटी अस्ट्रेलियन एज अफ डाइनोसर म्युजियम अफ नेचुरल हिस्ट्री, मोनाश युनिभर्सिटी र म्युजियम्स भिक्टोरिया रिसर्च इन्स्टिच्युटका अन्वेषकहरूले भिक्टोरियमा भेटिएका जीवाश्म टेरोसरको भएको पुष्टि गरेका छन् ।

“यी हड्डीहरूको विश्लेषण गरेर, हामी लगभग दश करोड सत्तरी लाख वर्ष पपहिले भिक्टोरियाको जङ्गलमा बसोबास गर्ने टेरोसरको अस्तित्वको पुष्टि गर्न सक्षम भएका छौं,” पेन्टल्याण्डले जर्नलमा उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?