Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

मछिन्द्रले सातदोबाटोलाई हरायो


१७ जेष्ठ ,काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिक पूरा गरे । पराजित सातदोबाटोका जोर्डन पुन मगरले एक गोल फर्काए । खेलको १७औँ मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए ।

पहिलो हाफको अतिरिक्त समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । खेलको ५६ मिनेटमा ओलावालेले ह्याट्रिक पूरा गर्दै मछिन्द्रलाई ३–० अग्रता दिलाए ।

त्यसपछि खेलको ८४औँ मिनेटमा सातदोबाटोका जोर्डनले एक गोल गरे । यस जितसँगै मछिन्द्र २३ खेलमा ३९ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

समान खेल खेलेको सातदोबाटो २९ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।


प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?