Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

मछिन्द्रले सातदोबाटोलाई हरायो


१७ जेष्ठ ,काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिक पूरा गरे । पराजित सातदोबाटोका जोर्डन पुन मगरले एक गोल फर्काए । खेलको १७औँ मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए ।

पहिलो हाफको अतिरिक्त समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । खेलको ५६ मिनेटमा ओलावालेले ह्याट्रिक पूरा गर्दै मछिन्द्रलाई ३–० अग्रता दिलाए ।

त्यसपछि खेलको ८४औँ मिनेटमा सातदोबाटोका जोर्डनले एक गोल गरे । यस जितसँगै मछिन्द्र २३ खेलमा ३९ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

समान खेल खेलेको सातदोबाटो २९ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।


प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?