Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

सहिद स्मारक ए डिभिजन लिग फुटबल : जाउलाखेल विजयी


१६ जेष्ठ ,काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्यो ।

जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । उनले खेलको ५५ औँ मिनेटमा गोल गर्दै जाउलाखेललाई पहिलो अग्रता दिलाए ।त्यसपछि खेलको ७८ औँ मिनेटमा मोसाबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए ।

जावलाखेल २३ खेलमा ३७ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको आर्मी ३० अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?