Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

चीनमा निर्मित विमानले सुरू गर्यो व्यावसायिक उडान


१५ जेठ, एजेन्सी । चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । १६ वर्षको कठोर परिश्रमको मधुर परिणाम प्राप्त भएको छ– जेटलाइनर विमानको सफल निर्माण र त्यसको व्यावसायिक सञ्चालन ।

चीनको घरेलु उत्पादन ठूलो यात्रुवाहक विमान सी ९१९ ले आज साङ्घाईबाट बेइजिङसम्मको पहिलो व्यावसायिक उडान सफलतापूर्वक पूरा गरी नागरिक उड्डयन बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ ।

चाइना इस्टर्न एयरलाइन्सद्वारा सञ्चालित उक्त उडान एमयू ९१९१  बिहान १०ः३२ मा साङ्घाइ होङकियाओ अन्तरराष्ट्रिय विमानस्थलबाट एक सय २८ यात्रु लिएर उडेको थियो । बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा दिउँसो १२ः३१ बजे विमानलाई पानीको सलामीसहित स्वागत गरिएको थियो ।

सी ९१९ परियोजना  सन् २००७ मा सुरु भएको थियो । कमर्शियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना (सीओएमएसी) द्वारा विकसित पहिलो सी ९१९ विमान सन् २०१५ मा निर्माण पूरा गरी २०१७ मा पहिलो उडान गरेको थियो ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?