Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

चीनमा निर्मित विमानले सुरू गर्यो व्यावसायिक उडान


१५ जेठ, एजेन्सी । चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । १६ वर्षको कठोर परिश्रमको मधुर परिणाम प्राप्त भएको छ– जेटलाइनर विमानको सफल निर्माण र त्यसको व्यावसायिक सञ्चालन ।

चीनको घरेलु उत्पादन ठूलो यात्रुवाहक विमान सी ९१९ ले आज साङ्घाईबाट बेइजिङसम्मको पहिलो व्यावसायिक उडान सफलतापूर्वक पूरा गरी नागरिक उड्डयन बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ ।

चाइना इस्टर्न एयरलाइन्सद्वारा सञ्चालित उक्त उडान एमयू ९१९१  बिहान १०ः३२ मा साङ्घाइ होङकियाओ अन्तरराष्ट्रिय विमानस्थलबाट एक सय २८ यात्रु लिएर उडेको थियो । बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा दिउँसो १२ः३१ बजे विमानलाई पानीको सलामीसहित स्वागत गरिएको थियो ।

सी ९१९ परियोजना  सन् २००७ मा सुरु भएको थियो । कमर्शियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना (सीओएमएसी) द्वारा विकसित पहिलो सी ९१९ विमान सन् २०१५ मा निर्माण पूरा गरी २०१७ मा पहिलो उडान गरेको थियो ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?