Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

१ हजार ५ सय जलवायु अभियन्ता पक्राउ


१५ जेठ, एजेन्सी । जलवायु परिवर्तनका कारण विश्वभर पर्ने नकारात्मक असरबारे चेतना फैलाउँदै आएको जलवायु अभियन्ताको विशाल समूह पक्राउ परेको छ । नेदरल्याण्ड्सको द हेगमा शनिबार भएको प्रदर्शनमा करिब एक हजार छ सय जलवायु अभियन्ता पक्राउ परेका थिए । विलुप्त विद्रोह जलवायु समूहका एक हजार पाँच सय ७९ जनालाई पक्राउ गरिएको डच प्रहरीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

जीवाश्म इन्धन अनुदानविरुद्ध सहरको बीचमा यातायात अवरुद्ध गरेपछि प्रदर्शनकारीलाई  तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरिएको थियो । तर उनीहरू टसकोमस नभएपछि पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये १,५७९ ४० जनालाई तोडफोडलगायत आरोपमा मुद्दा चलाइने अधिकारीहरूले बताएका छन् ।

धेरै डच सेलिब्रेटी प्रदर्शनीमा सामेल भएका र उनीहरू पक्राउ परेका कैरिस भ्यान हौटेन, हिट टिभी शृङ्खला गेम अफ थ्रोन्समा मेलिसान्ड्रेको भूमिकाका लागि परिचित, अल जजीराको समाचारमा जनाइएको छ । ती सेलिब्रेटीमध्ये केहीलाई हिरासतमुक्त गरिएको थियो । कारबाहीमा परेका सेलीब्रेटीबारे केही विवरण दिइएको छैन ।

उक्त समूहको अगुवाईमा यसअघि पनि यस्ता विरोध प्रदर्शन हुने गरेका थिए तर यति धेरै सङ्ख्यामा अभियन्ताहरू पक्राउ परेका थिएनन् । वातावरणीय अभियान समूहले हालैका वर्षहरूमा सडकमा अवरोध खडा गरेर मिडियाको ध्यान आकर्षित गरेको छ । गत महिना लण्डनमा पनि यस्तै प्रदर्शन भएको थियो ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?