Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

१ हजार ५ सय जलवायु अभियन्ता पक्राउ


१५ जेठ, एजेन्सी । जलवायु परिवर्तनका कारण विश्वभर पर्ने नकारात्मक असरबारे चेतना फैलाउँदै आएको जलवायु अभियन्ताको विशाल समूह पक्राउ परेको छ । नेदरल्याण्ड्सको द हेगमा शनिबार भएको प्रदर्शनमा करिब एक हजार छ सय जलवायु अभियन्ता पक्राउ परेका थिए । विलुप्त विद्रोह जलवायु समूहका एक हजार पाँच सय ७९ जनालाई पक्राउ गरिएको डच प्रहरीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

जीवाश्म इन्धन अनुदानविरुद्ध सहरको बीचमा यातायात अवरुद्ध गरेपछि प्रदर्शनकारीलाई  तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरिएको थियो । तर उनीहरू टसकोमस नभएपछि पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये १,५७९ ४० जनालाई तोडफोडलगायत आरोपमा मुद्दा चलाइने अधिकारीहरूले बताएका छन् ।

धेरै डच सेलिब्रेटी प्रदर्शनीमा सामेल भएका र उनीहरू पक्राउ परेका कैरिस भ्यान हौटेन, हिट टिभी शृङ्खला गेम अफ थ्रोन्समा मेलिसान्ड्रेको भूमिकाका लागि परिचित, अल जजीराको समाचारमा जनाइएको छ । ती सेलिब्रेटीमध्ये केहीलाई हिरासतमुक्त गरिएको थियो । कारबाहीमा परेका सेलीब्रेटीबारे केही विवरण दिइएको छैन ।

उक्त समूहको अगुवाईमा यसअघि पनि यस्ता विरोध प्रदर्शन हुने गरेका थिए तर यति धेरै सङ्ख्यामा अभियन्ताहरू पक्राउ परेका थिएनन् । वातावरणीय अभियान समूहले हालैका वर्षहरूमा सडकमा अवरोध खडा गरेर मिडियाको ध्यान आकर्षित गरेको छ । गत महिना लण्डनमा पनि यस्तै प्रदर्शन भएको थियो ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?