Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई


१४ जेष्ठ ,काठमाडौँ । भारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा काजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।

भारतले काजाकस्तानलाई पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–२२ तथा तेस्रो सेट २५–१८ ले विजयी भयो । उक्त प्रतियोगितामा नेपाल तेस्रो स्थानमा रह्यो ।

आजै भएको तेस्रो स्थानको भीडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै विजयी भएको हो । त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौ स्थानमा रह्यो ।

यही जेठ ८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?