Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

शरणार्थीलाई अमेरिकी डलर नदिने युएनको घोषणा


१४ जेठ, एजेन्सी । संयुक्त राष्ट्रसङ्घ (युएन)ले लेबनानमा रहेका सिरियाली शरणार्थीलाई अमेरिकी डलरमा नगद सहायता नदिने घोषणा गरेको छ । आगामी महिनाको नगद सहायता अमेरिकी डलरमा नदिने निर्णय भएको युएनले जनाएको छ । यद्यपि उक्त निर्णय अस्थायी हो ।

राष्ट्रसङ्घले लेबनानमा शरण लिइरहेका शरणार्थीलाई नगद सहायता दिने उपयुक्त ढाँचाका सम्बन्धमा लेबनानी अधिकारीहरूसँग छलफल भइरहेको बताएको छ । लेबनानका कार्यवाहक सामाजिक मामिला मन्त्री हेक्टर हज्जरले शुक्रबार सिरियाली शरणार्थीहरूलाई अमेरिकी डलरमा सहायता दिन अस्वीकार गरेपछि युनएनले यस्तो निर्णय गरेको हो ।

लेबनानी अधिकारीले सिरियाली शरणार्थीलाई उनीहरूको मातृभूमिमा सुरक्षित फिर्ताको लागि काम गरिरहेका बताउँदै मन्त्री हज्जरले अन्तर्राष्ट्रिय समुदायलाई प्रयासमा सहयोग गर्न आग्रह गरेको छ । करिब २० लाख सिरियाली शरणार्थीले लेवनानमा शरण लिएका अनुमान छ ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?