Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

गृहमन्त्री श्रेष्ठसमक्ष चलचित्र कलाकार सङ्घको ध्यानाकर्षण


१४ जेठ, काठमाडाैँ । नेपाल चलचित्र कलाकार सङ्घको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष भेट गरी भ्रष्टाचार, दण्डहीनता, अनियमितता न्यूनिकरणका सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।

सङ्घका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले भ्रष्टाचार न्यूनीकरणका लागि मन्त्रालयले थप कडाइ गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

सङ्घको परिचयपत्रवाहक कलाकारलाई सिंहदरबारलगायतका प्रशासनिक केन्द्र प्रवेशमा सहजता माग गरिएको ध्यानाकर्षणपत्रमा धापासीस्थित नेपाल चलचित्र कलाकार सङ्घको नाममा रहेको जग्गा उपभोगको लागि अनुरोध गरिएको छ ।

विशिष्ट चलचित्रकर्मीलगायत प्रबुद्ध नागरिक र जनसाधारणले जम्मा गरेको अर्बौँ रकम सिभिल सहकारीले अपचलन गरेकामा सो रकम सम्बन्धित पीडितलाई फिर्ता गराउन अनुरोध गरिएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको सुशासन र विकासका लागि बाधक तत्वका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको बताउँदै कलाकारलाई सुविधा तथा सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको प्रतिनिधिमण्डलमा सहभागी सङ्घका अध्यक्ष निरौलाले जानकारी दिए ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?