Trending
>>   आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार >>   पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी >>   मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य >>   उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने >>   सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा >>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले >>   आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल >>   मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ? >>   पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुस : रवि लामिछाने >>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार

एक महिनामा ९ हजारभन्दा बढी अफगानहरूले दिए ईयुमा शरणका लागि आवेदन


१३ जेठ, एजेन्सी । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन दिएका छन् । खामा प्रेस अनुसार यसरी शरण आवेदनहरू दिने एकै महिनाको यो आकँडा उच्च हो।

युरोपेली जनगणना ब्युरोका अनुसार चालु वर्षको शुरुमा युरोपेली संघका सदस्य राष्ट्रहरूमा शरणार्थीको चासो गत वर्षको तुलनामा ४० प्रतिशतले बढेको छ। बिहीबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै युरोपेली जनगणना ब्युरोले फेब्रुअरीमा मात्रै ७६ हजार ५०० व्यक्तिले ईयुमा शरणका लागि आवेदन बुझाएका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको देखिएको छ ।

उपलब्ध तथ्याङ्कका आधारमा गत वर्षको फेब्रुअरीमा शरणका लागि आवेदन दिनेको प्रारम्भिक सङ्ख्या ५४,३७० रहेको थियो ।
तथ्याङ्क अनुसार सिरियाली र अफगानिस्तानहरू पछिल्ला वर्षहरूमा इयु सदस्य राष्ट्रहरूमा शरण खोज्नेहरूको सबैभन्दा ठूलो समूह हो।
त्यसैगरी शरण आवेदनको ७७ प्रतिशत स्पेनमामा मात्र केन्द्रित छ भने

जर्मनी, फ्रान्स र इटाली क्रमशः परेका रोजाइमा छन् । खामा प्रेसका अनुसार जर्मनीले मात्रै फेब्रुअरीमा २५,००० भन्दा बढी आवेदनहरू प्राप्त गरेको छ ।

युरोपेली सङ्घको तथ्याङ्कअनुसार नयाँ शरणार्थीहरूमध्ये २,७४५ अभिबाबक विहीन नाबालिग छन् भने १,०२५ अफगान नागरिक छन् ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?