Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

एक महिनामा ९ हजारभन्दा बढी अफगानहरूले दिए ईयुमा शरणका लागि आवेदन


१३ जेठ, एजेन्सी । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन दिएका छन् । खामा प्रेस अनुसार यसरी शरण आवेदनहरू दिने एकै महिनाको यो आकँडा उच्च हो।

युरोपेली जनगणना ब्युरोका अनुसार चालु वर्षको शुरुमा युरोपेली संघका सदस्य राष्ट्रहरूमा शरणार्थीको चासो गत वर्षको तुलनामा ४० प्रतिशतले बढेको छ। बिहीबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै युरोपेली जनगणना ब्युरोले फेब्रुअरीमा मात्रै ७६ हजार ५०० व्यक्तिले ईयुमा शरणका लागि आवेदन बुझाएका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको देखिएको छ ।

उपलब्ध तथ्याङ्कका आधारमा गत वर्षको फेब्रुअरीमा शरणका लागि आवेदन दिनेको प्रारम्भिक सङ्ख्या ५४,३७० रहेको थियो ।
तथ्याङ्क अनुसार सिरियाली र अफगानिस्तानहरू पछिल्ला वर्षहरूमा इयु सदस्य राष्ट्रहरूमा शरण खोज्नेहरूको सबैभन्दा ठूलो समूह हो।
त्यसैगरी शरण आवेदनको ७७ प्रतिशत स्पेनमामा मात्र केन्द्रित छ भने

जर्मनी, फ्रान्स र इटाली क्रमशः परेका रोजाइमा छन् । खामा प्रेसका अनुसार जर्मनीले मात्रै फेब्रुअरीमा २५,००० भन्दा बढी आवेदनहरू प्राप्त गरेको छ ।

युरोपेली सङ्घको तथ्याङ्कअनुसार नयाँ शरणार्थीहरूमध्ये २,७४५ अभिबाबक विहीन नाबालिग छन् भने १,०२५ अफगान नागरिक छन् ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?