Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

पोप फ्रान्सिसलाई ज्वरो आएपछि…


१३ जेठ, एजेन्सी । पोप फ्रान्सिसलाई ज्वरो आएपछि उहाँको निर्देशनअनुसार शुक्रबार बिहानको उनको कार्यतालिका खाली गरिएको भ्याटिकनले पुष्टि गरेको छ ।

भ्याटिकनका प्रवक्ता माटेओ ब्रुनीले पोप फ्रान्सिसलाई स्वास्थ्यमा समस्या देखिएपछि उनि बिहानी कार्यक्रममा उपस्थित हुन नसकेको बताएका छन् ।

बिहानको कार्यक्रममा पोपले कोसँग भेट्ने अपेक्षा गरिएको भन्ने स्पष्ट नबताइकन उहाँको कार्यसूची शुक्रबार सार्वजनिक गरिएको थिएन ।

सास फेर्न गाह्रो भएपछि मार्चको अन्त्यमा फ्रान्सिसलाई रोमको अस्पतालमा भर्ना गरिएको थियो । तर छोटो उपचारपछि उनि नियमित काममा फर्किएका थिए ।

प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनको उपचारमा संलग्न चिकित्सकहरूले श्वासप्रश्वासको सङ्क्रमण ‘ब्रोन्काइटिस’ भएको र एन्टिबायोटिक्स दिएर उपचार सुरु गरेको बताएका छन् ।

फ्रान्सिसलाई पछिल्लो एक वर्षमा स्वास्थ्य समस्याहरू बढेपछि जिम्मेवारीलाई लिएर व्यापक चिन्ता उत्पन्न गरेको छ । उनले आजीवन जागिरमा बस्नुको सट्टा सेवानिवृत्त हुन छनौट गर्न सक्ने अनुमानसमेत गरिएका छन् । फ्रान्सिसका पूर्ववर्ती बेनेडिक्ट सोह्रौँले पनि जीवनका पछिल्ला दिनहरूमा यही गरेका थिए ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?