Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

पोप फ्रान्सिसलाई ज्वरो आएपछि…


१३ जेठ, एजेन्सी । पोप फ्रान्सिसलाई ज्वरो आएपछि उहाँको निर्देशनअनुसार शुक्रबार बिहानको उनको कार्यतालिका खाली गरिएको भ्याटिकनले पुष्टि गरेको छ ।

भ्याटिकनका प्रवक्ता माटेओ ब्रुनीले पोप फ्रान्सिसलाई स्वास्थ्यमा समस्या देखिएपछि उनि बिहानी कार्यक्रममा उपस्थित हुन नसकेको बताएका छन् ।

बिहानको कार्यक्रममा पोपले कोसँग भेट्ने अपेक्षा गरिएको भन्ने स्पष्ट नबताइकन उहाँको कार्यसूची शुक्रबार सार्वजनिक गरिएको थिएन ।

सास फेर्न गाह्रो भएपछि मार्चको अन्त्यमा फ्रान्सिसलाई रोमको अस्पतालमा भर्ना गरिएको थियो । तर छोटो उपचारपछि उनि नियमित काममा फर्किएका थिए ।

प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनको उपचारमा संलग्न चिकित्सकहरूले श्वासप्रश्वासको सङ्क्रमण ‘ब्रोन्काइटिस’ भएको र एन्टिबायोटिक्स दिएर उपचार सुरु गरेको बताएका छन् ।

फ्रान्सिसलाई पछिल्लो एक वर्षमा स्वास्थ्य समस्याहरू बढेपछि जिम्मेवारीलाई लिएर व्यापक चिन्ता उत्पन्न गरेको छ । उनले आजीवन जागिरमा बस्नुको सट्टा सेवानिवृत्त हुन छनौट गर्न सक्ने अनुमानसमेत गरिएका छन् । फ्रान्सिसका पूर्ववर्ती बेनेडिक्ट सोह्रौँले पनि जीवनका पछिल्ला दिनहरूमा यही गरेका थिए ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?