Trending
>>   सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशीलः खुला सीमा र सद्भाव बनाई राख्नु प्रमुख सुरक्षा चुनौति >>   निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह >>   बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ >>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’


१३ जेष्ठ ,काठमाडौँ । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी दिए ।

“चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायतका विषय समेटेको छु । यो चलचित्रले त्यो समयलाई पर्दामा जीवित राखेको छ”, निर्देशक वलले भने ।

भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय गरेका छन ।

“मलाई सधैँ बाँचिरहने चलचित्रमा अभिनय गर्न मन थियो किनकी ती चलचित्र जहिले देखाउन सकिन्छ । यस्तै चलचित्र बनेको छ”, अभिनेता राईले भने, “यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ । हामीले नेपालको सुन्दरता देखाउने प्रयास गरेका छौँ ।”

भत्किएका मन र सम्बन्धको पुनःनिमाणको कथा समेटिएको चलचित्र विविध कारणले प्रदर्शन हुन समय लागेको निर्देशक वलले जानकारी दिए । उहाँले भने, “हामीले प्रदर्शन तय गरेको समयमा कोरोना भाइरसका कारण सम्भव भएन । त्यसपछि अहिले बल्ल तय भएको छ । प्रदर्शन ढिलो हुँदा निर्माण लागत पनि बढेको छ ।”

रुवि भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको चलचित्र आफूले खोजे झैँ भएको अभिनेता खतिवडाले बताए । “कहिले पैसा र कहिले कथाले म जस्ता कलाकारलाई चलचित्रमा आबद्ध हुन बाध्य बनाउँछ । तर यसमा दुवै पाएँ”, उनले भने ।

आयोजित पत्रकार सम्मेलनमा चलचित्रको गीत तथा ट्रेलर पनि देखाइएको थियो । सचिन घिमिरे एसोसिएट निर्देशक रहेको चलचित्रमा प्रमोद कार्कीले छायाङ्कन, निमेष श्रेष्ठलले सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङले सङ्गीत दिएका छन् । यो चलचित्र जेठ २६ बाट प्रदर्शन हुँदैछ ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?