Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

बङ्गलादेशमा कवि धमला सम्मानित


१२ जेष्ठ ,काठमाडौँ । कवि भोजकुमार धमला बङ्गलादेशमा सम्मानित हुनुभएको छ । राष्ट्रिय कविता मञ्च तथा वल्र्डवाइड राइटर्स एसोसिएसन बङ्गलादेशले ‘अन्तर्राष्ट्रिय नाजरुल कवि गोष्ठी–२०२३’को अवसरमा धमलालाई ‘इमरजिङ पोइट अफ दि हिमालय’ भनेर सम्मान गरेको हो ।

कवि धमलाले हालै अङ्ग्रेजी कविता सङ्ग्रह ‘द सेल्फिस सिटी’ प्रकाशन गरेका छन् । कार्यक्रममा बङ्गलादेशी कवि तथा वल्र्डवाइड राइटर्स एसोसिएसन बङ्गलादेशका अध्यक्ष मोहम्मद साम्सुल हक बाबुले उनको कविता कृतिबारे चर्चा गरेका थिए ।

त्यस्तै सेगुन बगैँचास्थित इन्टरनेसनल मदर ल्याङ्ग्वेज इन्स्टिच्युट बङ्गलादेशमा आयोजित कार्यक्रममा अस्ट्रेलिया बसोबास गर्दै आएका अर्का नेपाली मूलका अस्ट्रेलियाली कवि कुमारराज सुवेदी पनि सम्मानित भए ।

उनलाई ‘पोइट अफ दि इभेन्ट’ अवार्ड प्रदान गरिएको थियो । सुवेदीको ‘द कलर अफ स्प्रिङ्ग’ कविता सङ्ग्रह प्रकाशित छ । विश्वका विभिन्न देशका कवि उपस्थित कार्यक्रममा बङ्गलादेशी लेखक महमुदुल हसन निजामीले ‘द कलर अफ स्प्रिङ्ग’ कविता सङ्ग्रहबारे चर्चा गरे ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?