Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

बङ्गलादेशमा कवि धमला सम्मानित


१२ जेष्ठ ,काठमाडौँ । कवि भोजकुमार धमला बङ्गलादेशमा सम्मानित हुनुभएको छ । राष्ट्रिय कविता मञ्च तथा वल्र्डवाइड राइटर्स एसोसिएसन बङ्गलादेशले ‘अन्तर्राष्ट्रिय नाजरुल कवि गोष्ठी–२०२३’को अवसरमा धमलालाई ‘इमरजिङ पोइट अफ दि हिमालय’ भनेर सम्मान गरेको हो ।

कवि धमलाले हालै अङ्ग्रेजी कविता सङ्ग्रह ‘द सेल्फिस सिटी’ प्रकाशन गरेका छन् । कार्यक्रममा बङ्गलादेशी कवि तथा वल्र्डवाइड राइटर्स एसोसिएसन बङ्गलादेशका अध्यक्ष मोहम्मद साम्सुल हक बाबुले उनको कविता कृतिबारे चर्चा गरेका थिए ।

त्यस्तै सेगुन बगैँचास्थित इन्टरनेसनल मदर ल्याङ्ग्वेज इन्स्टिच्युट बङ्गलादेशमा आयोजित कार्यक्रममा अस्ट्रेलिया बसोबास गर्दै आएका अर्का नेपाली मूलका अस्ट्रेलियाली कवि कुमारराज सुवेदी पनि सम्मानित भए ।

उनलाई ‘पोइट अफ दि इभेन्ट’ अवार्ड प्रदान गरिएको थियो । सुवेदीको ‘द कलर अफ स्प्रिङ्ग’ कविता सङ्ग्रह प्रकाशित छ । विश्वका विभिन्न देशका कवि उपस्थित कार्यक्रममा बङ्गलादेशी लेखक महमुदुल हसन निजामीले ‘द कलर अफ स्प्रिङ्ग’ कविता सङ्ग्रहबारे चर्चा गरे ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?