Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

हत्या आरोपमा सभामुखका छोरा समातिए


१२ जेठ, एजेन्सी । जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय जेठा छोरा मसानोरी आओकीलाई दुई प्रहरी अधिकारीसहित चार जनाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।

सभामुखका छोराले एक महिलालाई छुरा प्रहार तथा दुई जना प्रहरी अधिकारीमाथि गोली हानेर मारेको आरोप लगाइएको छ । निजले अर्की एक महिलाको पनि हत्या गरेको अभियोग लगाइएको छ । क्यामफ्लाज, टोपी र मास्क लगाएको अभियुक्तले घातक आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तुलनात्मक रूपमा शान्त जापानमा बन्दुक हिंसाका घटना बिरलै हुने गरेका छन् । गत वर्ष जापानमा बन्दुकसँग सम्बन्धित नौ घटना भएका थिए । ती घटनामा चार जनाको मृत्यु भएको थियो । गत वर्ष पूर्वप्रधानमन्त्री शिञ्जो आबेमाथि चुनावी सभामा गोली हानेर हत्या गरिएको थियो ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?