Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

पशुपतिनाथ हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा सम्पन्न


११ जेष्ठ ,काठमाडौँ । मानस तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज पशुपतिनाथ वनकालीस्थित हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा भएको छ । राष्ट्रिय कल्याणका लागि संस्थाले शिवलिङ्ग निर्माण गरी पूजापाठ, तथा हवन गरेको हो ।

बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा एक लाख २५ हजार शिवलिङ्ग बनाएर पूजाआजा गरिएको थियो । बनारसबाट आएका दुईजना पण्डितहरूसहित अन्य सातजना स्वदेशस्थित मधेसी र पहाडी ब्राह्मणको संलग्नतामा चण्डी र रुद्री पाठसहित हवन गरिएको संस्थाका अध्यक्ष ललन ठाकुरले जनाए ।

पार्थिव शिवलिङ्ग पूजामा नेपाली कांग्रेसका नेता तथा सांसद विमलेन्द्र निधिले सहभागिता जनाएका थिए । उनले संस्थाले विगतदेखि गरेका कामको प्रशंसा गर्दै काठमाडौँसम्म आएर पूजापाठ, तथा हवन गरेकामा खुसी जनाए ।

लामो समयदेखि संस्थामा ठूलो योगदान पुर्याउनुभएका राजेन्द्र झा, नवराज घिमिरे, उदयकान्त झा, हर्षित मिश्र र द्रवेश ठाकुरलाई सांसद निधिले सम्मान गरेका थिए । संस्थाले यसअघि २०७४ सालमा जनकपुरको रङ्गभूमि बाह्रबिघामा एकै दिन १० हजार भक्तजनको उपस्थितिमा पार्थिव शिवलिङ्ग पूजाआज गरेको थियो ।

आगामी दिनमा सोही किसिमको पूजा काठमाडौँमा पनि गर्ने योजना रहेको अध्यक्ष ठाकुरले जानकारी दिए । बोलबम परिवार संस्थाले देशभित्र जनकपुरस्थित प्रसिद्ध राम–जानकी मन्दिर, डोलेश्वर, जलेश्वर, छिरेश्वर, सत्तोखर, इटहरवा महादेव मन्दिरसहित विभिन्न धार्मिक मठमन्दिर र छिमेकी मित्रराष्ट्र भारतको अयोध्यासहितका धार्मिक नगरीमा यस किसिमको पार्थिव शिवलिङ्ग पूजाआजासहित धार्मिक अनुष्ठान कार्य सम्पन्न गरको थियो ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?