Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

युवा वैज्ञानिक प्रोत्साहन कोषका लागि ऐन बनाउँछौँ : मुख्यमन्त्री जम्कट्टेल


११ जेष्ठ ,मनहरि । बागमती प्रदेश सरकारले युवा वैज्ञानिक प्रोत्साहन कोष सञ्चालनका लागि ऐन बनाउने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कोष अहिले कार्यविधिमा रहेर सञ्चालन भइरहेको भन्दै अब ऐन निर्माण गरी सञ्चालन गरिने बताए ।

आज कोषद्धारा सञ्चालित पाँच आयोजनाको उपलब्धि सार्वजनिक कार्यक्रममा उनले ऐन निर्माण गरी आगामी दिनमा पनि नयाँ प्रविधि प्रयोग गर्न युवा वैज्ञानिक कोषलाई अघि बढाइने बताए । नयाँ प्रविधि, अनुसन्धानलाई प्रयोग गर्नेतर्फ सरकार तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले अनुसन्धानपश्चात नवजीवनमा प्रयोग भएन भने अनुसन्धानको औचित्य नरहने बताए ।

कोष सञ्चालन गर्न ऐन तयार भएपछि हाम्रो अधिकारभित्र रहेर प्रदेश सरकार यी कार्यहरु गर्न समक्ष रहने उनको भनाइ थियो । कोषमा रहेर पाँच आयोजना सञ्चालन गरिएको थियो । तीमध्ये दुई सम्पन्न भएको र तीन वटा सम्पन्नको तयारीमा छन् ।

सम्पन्न भएका आयोजनामा सफारी गाडीको विद्युतीय रुपान्तरण आयोजना र डेन्टलप्लेटसम्बन्धी आयोजना रहेको कोषका अध्यक्ष एवं सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जानकारी दिईन् ।

अन्य तीन वटा आयोजनामा च्याउ (खरानी/रातो) को विकास, फिस प्रोवायोटिक आयोजना र मेडिकल प्लान्टअन्तर्गत जडीबुटीबाट फाइटो केमिकलबारेको अनुसन्धान आयोजना रहेका छन् । विद्युतीय गाडी निर्माण गर्ने आयोजना प्रमुख इन्जिनियर वसन्त आलेले अन्य गाडीको तुलानामा विद्युतीय गाडी १० गुणा राम्रो रहेको बताउँदै पुराना गाडीको सदुपयोग गर्न आवश्यक कानूनी व्यवधान खुला गर्न सरकारलाई आग्रह गरे ।

मेडिकल प्लान्ट आयोजनाका प्रमुख भुवन गुरुङले बिरुवा/जडीबुटीमा भएको केमिकल बनाउन सकिने बताए । कार्यक्रम डेन्टलप्लेट आयोजनाका प्रमुख डा प्रभाकर पराजुलीले प्राकृतिक दाँत जस्तै नक्कली दाँतका लागि काम गर्न सकिने बताए । “हामीले गरेको अनुसन्धानमा राँगाको दाँतमा प्रयोग गराएका हौँ, सफल पनि भयौँ, अब हामीले सजिलै ३२ वटा देशमा यस प्रविधिको प्रयोग गर्न सक्छौँ”, डा पराजुलीले भने, “यस प्रविधिको नाम हामीले दन्त्यनिखन राखेका छौँ ।”


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?