Trending
>>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

फियोरेन्टीनालाई हराउँदै इन्टर मिलानले जित्यो कोपा इटालिया उपाधि


११ जेठ, एजेन्सी । कोपा इटालिया कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । रोमामा बुधबार राति भएको खेलमा इन्टरले फियोरेन्टिनालाई २-१ गोलले हराउँदै उपाधि जितेको हो ।

इन्टरको यो लगातार दोस्रो उपाधि हो । इन्टरलाई उपाधि रक्षा गराउन दुवै गोल लोउटारो मार्टिनेजले गरे । फियोरेन्टिनाका निकोलस गोन्जालेसको सुरुवाती गोल गोल सान्त्वना बन्यो । तेस्रो मिनेटमै निकोलस गोन्जालेजले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए ।

त्यसपछि २९औँ मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३७औँ मिनेटमा लोउटारो मार्टिनेजको व्यक्तिगत दोस्रो गोल टोलीको जितमा पर्याप्त बन्यो । इन्टरको यो समग्रमा नवौँ कोपा इलालिया उपाधि हो ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?