Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

नेपालको नम्बर वान एलओडी, विश्व कै ४९ औँ उत्कृष्ट क्लबमा समेटियो


११ जेठ, काठमाडाैँ । ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) पुनः विश्वसकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको छ । केही समय अघि क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो ।

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९ औं स्थानमा परेको हो । म्यागमा विश्वएभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी रहने गर्छ । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो ।

यसअघि सन् २०२२ का लागि ‘एलओडी’ सय क्लबले ५२ औं स्थानमा प्रवेश पाएको थियो ।

यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ४९ औ स्थानमा पर्न सफल भएको क्लबका निर्देशक रविन श्रेष्ठले जानकारी दिए । क्लबसँगै राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको उनको भनाइ छ ।

उनका अनुसार पाँच सय क्लब सहभागी भएका थिए । गएराति बुधबार डिजे विश्वका उत्कृष्ट क्लबहरूको र्यां किङ स्थान सार्वजनिक गरेको हो ।

विश्वकका सय वटा उत्कृष्ट सय क्लबको सयौँ भित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने श्रेष्ठँको भनाइ छ ।

‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालको पनि शान हो,’ श्रेष्ठ भन्छन्,’टप १०० भित्र एलओडीको छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ । क्लबलाई थप आकर्षक बनाएर लैजानलाई प्रेरणा प्राप्त भएको छ ।’

एलओडी उत्कृष्ट क्लबको सूचीमा पर्दा विश्वरभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको विश्वास छ । क्लबलाई उत्कृष्ट स्थानमा पार्न सबै जनाको साथ र सहयोग रहेको उनले बताए । श्रेष्ठले रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए ।

आन्तरिक तथा बाह्य पर्यटक मनोरञ्जन गर्न आउँदा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ । व्यवसायकि रुपमा डिजेइङ क्षेत्रमा लाग्नेोहरूका लागि खुसी खबर रहेको उनको भनाइ छ । ‘व्यावसायिक रुपमा डिजेइङमा लाग्दा विश्वाभर चिनिने अवसर पाउँछन्,’ उनले उत्साहित भने ।
क्लब तीन वर्षअघि स्थापना भएको हो । क्लब ९ हजार ६ सय स्क्वायर फिटमा निर्माण भएको छ । एकसाथ २५ सय मानिस अट्न सक्ने क्लबको क्षमता छ । क्लबमा करिब १५० कर्मचारी कार्यरत छन् ।

एलओडीको आफ्नो विशेषता तथा क्षमताले उत्कृष्ट क्लबमा पर्न सफल भएको उनले धारणा व्यक्त गरे । क्लबमा अन्तर्राष्ट्रिय डीजे जस्तै रोमियो ब्लान्को, ट्वीन रेभ जस्ता अन्य कलाकारले प्रस्तुती दिइसकेका छन् । रेसिडेन्स डीजे रेडमस, सुरेन, नाड्ज, सरोज, अनिश र मनिटोनको रहेका छन् ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?