Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

अफगानिस्तानमा बाढी, ६ जनाले गुमाए ज्यान


११ जेठ, एजेन्सी । मध्य अफगानिस्तानमा भारी वर्षासँगै आएको बाढीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय घर ध्वस्त भएका छन् । दर्जनौँ घर डुबानमा परेका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार हेरातबाट दुई सय ८० किलोमिटर पूर्वमा रहेको प्रान्तीय राजधानी फिरोजकोहमा घर भत्कँदा तीन महिला र एक बालकको मृत्यु भएको छ । मङ्गलबार परेको मुसलधारे पानी आफूले एक दशक यता कहिल्यै अनुभव नगरिएको मध्य घोर प्रान्तका तालिबान गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले बताएका छन् ।

पहाडबाट वेगका साथ आएको बाढीले हेरात प्रान्तको पासाबन्द जिल्लामा एक पुरुष र एक महिलालाई बगाएको र उनीहरूको शव पछि फेला पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार हेरात प्रान्तका एक सयभन्दा बढी घर ध्वस्त भएका छन् भने दुईसय हेक्टर खेतीयोग्य जमिन नष्ट भएको छ । कृषि कार्यका निम्ति निर्मित सिँचाइ प्रणाली र नहरहरू पनि  क्षतिग्रस्त भएको छन् ।

सन् २०२१ मा अमेरिका समर्थित सरकारको पतनसँगै तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानवीय सङ्कट गहिरिँदै गएको छ । प्राकृतिक विपत्तिको चपेटमा पनि युद्धले तहसनहस भएको यही मुलुक परेको छ । तालिबान सत्तामा आएपछि बाह्य सहायता प्रवाह शून्यप्रायः भएको छ भने विदेशी राष्ट्रले पनि काबुलका नयाँ शासकसँग व्यवहार गर्न अनिच्छा देखाएका छन् । गैरसरकारी संस्था र संयुक्त राष्ट्र सङ्घीय निकायमा अफगान महिलाहरूलाई काम गर्न तालिबानले प्रतिबन्ध लगाएर आय आर्जनका सीमित मार्गबाट समेत महिलालाई वञ्चित गरेको छ ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?