Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

रुसी प्रधानमन्त्री चीन भ्रमणमा, राष्ट्रपति सीसँग भेटवार्ता


११ जेठ, एजेन्सी । चीनको औपचारिक भ्रमणमा रहेका रुसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

युक्रेनमा रुसले विशेष सैन्य कारबाही थालेपछि मस्कोबाट बेइजिङमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । पश्चिमा मुलुकले लगाएको प्रतिबन्धलाई जवाफ दिन चीनसँगको सहकार्य र साझेदारी अपरिहार्य भएकाले मस्को र बेइजिङबीचको सम्बन्ध झाङ्गिदै गएको विश्लेषकहरूले बताएका छन् ।

पारस्परिक सहायता अभिवृद्धिसम्बन्धी सम्झौतामा दुवै देशका अधिकारीले हस्ताक्षर गरेका छन् । रुसमाथिको प्रतिबन्धलाई अझ कडा बनाउने तथा रुसप्रतिको चीनको सहायताको व्यापक आलोचना गर्दै हालै सम्पन्न जी सेभेनको बैठकले युक्रेनबाट आफ्नो सेना फिर्ता गर्न रूसलाई दबाब दिन आग्रह गरेको छ ।

रूस र चीनबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री एकताबाटै कठिनभन्दा कठिन कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिने बताए । उनले एकताबाटै पहाडहरू पनि सार्न सकिने बताएका छन् ।

चीन र रुसका प्रधानमन्त्रीबीच व्यापार तथा सेवा क्षेत्रमा लगानी सहयोगलाई अझ सुदृढ बनाउने, चीनमा कृषि उत्पादन निर्यात गर्ने तथा रुसी ऊर्जा चीन ढुवानी गर्नेलगायत विषयमा छलफल भएको अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?