Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

१ करोड ८० लाखमा निर्माण भएको औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन


११ जेठ, चितवन । उद्योग सङ्घ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र परिसरमा प्रदेश सरकारले निर्माण गरेको औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन अवस्थामा रहेको छ । विसं २०७७ मा निर्माण सुरु भएको सो प्रदर्शनीस्थल छ महिना अघि निर्माण सम्पन्न भएको हो । तर त्यसयता प्रयोगबिहीन अवस्थमा छ ।

बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले रु एक करोड ८० लाखको लागतमा निर्माण गरेको सो प्रदर्शनीस्थल हस्तान्तरण कसलाई गर्ने भन्ने निर्णय नभएकाले अलपत्र परेको हो । निर्देशनालयका निर्देशक गोविन्द सिग्देलका अनुसार भवन निर्माणको समयमा संरचना निर्माण सम्पन्न भएसँगै उद्योग सङ्घलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो । उनले भने, “सङ्घीय सरकारले सो जग्गा २९ वर्षका लागि उद्योग सङ्घलाई भाडामा दिएको हुँदा त्यो निर्णय भएको हो । तर मन्त्रीस्तरको निर्णयले त्यो सम्झौता बदर भएको छ ।”

तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठको कार्यकालमा निर्माण सम्पन्न भएको सो संरचना उद्योग सङ्घलाई हस्तान्तरण गर्ने निर्णय बदर भएको उनले बताए । उनले भने, “मन्त्रीस्तरको निर्णयका कारण कसलाई संरचना हस्तान्तरण गर्ने भन्ने अनिर्णय बनेको छ । अब मन्त्री पाएका छौँ केही निर्णय हुन्छ ।”

प्रदेश सरकारले प्रदेशभित्रका लघु तथा साना उद्योगको उत्पादित सामग्रीलाई बजारीकरण गर्ने उद्देश्यले स्थापना गरेको यस बिक्रीकक्ष तथा स्थायी प्रदर्शनी केन्द्र अहिले संरक्षण र व्यवसायीको पर्खाइमा रहेको छ । यस भवनमा वर्षभरि नै व्यवसाय प्रवर्द्धन गर्न सकिने भए पनि सञ्चालनमा नआउँदा लघु तथा साना उद्योगीले लाभ लिन पाएका छैनन् ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?