Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

व्यापार घाटा न्यूनीकरणमा लागौँ : मन्त्री रिजाल


१० जेष्ठ ,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले व्यापार घाटा न्यूनीकरण गर्न आआफ्नो क्षेत्रबाट इमान्दारिताका साथ भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

बुधबार मन्त्रालयमा आयोजित व्यापार घाटा न्यूनीकरण कार्ययोजना र नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयनसम्बन्धी बैठकमा उहाँले सो कुरा व्यक्त गर्नुरेका हुन् ।

नेपालमा नीति बन्ने तर कार्यान्वयनमा कम जाने तथा कार्यान्वयनमा लगिएका नीतिले पनि वाञ्छित नतिजा हासिल गर्न नसकेको भनी आलोचना हुने गरेको जनाउँदै मन्त्री रिजालले व्यापार घाटा न्यूनीकरणमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

“नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयन खाकाबमोजिम आवश्यक साधन स्रोतको व्यवस्था गरी लक्षित क्रियाकलाप सञ्चालन गर्ने, निर्धारित सूचक प्राप्त गर्ने र सोको माध्यमबाट उल्लेख्यमात्रामा निर्यात व्यापार प्रवद्र्धन, व्यापार घाटा न्यूनीकरण तथा विदेशी मुद्रा प्राप्तिको वर्तमान अवस्था सुधार गर्न सफलता प्राप्त हुनेछ”, मन्त्री रिजालले भने ।

नेपालले विगत केही वर्षदेखि सामना गरिरहेको बढ्दो व्यापार घाटालाई सम्बोधन गर्न २०७९ चैत २८ गतेको मन्त्रिपरिषद् बैठकबाट व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना स्वीकृत भएको थियो । गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल व्यापार एकीकृत रणनीति, २०८० स्वीकृत गरेको थियो ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?