Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

पुस्तक ‘शताब्दी यात्रा’ लोकार्पण


१० जेष्ठ ,काठमाडौँ । इन्द्रमाया पौडेलद्वारा लिखित पुस्तक ‘शताब्दी यात्रा’को लोकार्पण गरिएको छ । आज आयोजित एक समारोहमा उपस्थिति अतिथिहरुले संयुक्तरुपमा सो पुस्तक लोकार्पण गरेका हुन् ।

समारोहमा लेखक पौड्यालले आफ्नो जीवनको लामो यात्रामा सङ्गालेका अनुभवलाई समेटी तयार पारिएको पुस्तक आफूपछिका पुस्तालाई हस्तान्तरण गर्न प्रकाशन गरेको बताईन् ।

पुस्तक समीक्षक सांसद डा बिन्दा पाण्डेले विगतको सामाजिक चित्रण रहेको पुस्तकमा जीवन जिउने मात्र होइन सामाजिक योगदान, शिक्षाप्रतिको अटल भाव, सुक्ष्म दृष्टिकोणले अध्ययनपछिको सामाजिक पहिचानको भाव झल्किएको बताईन् ।

त्यस्तै अर्का पुस्तक समीक्षक पत्रकार युवराज घिमिरेले अतीतका प्रतिकुल समयमा लेखकले गरेका सङ्घर्ष प्रेरणादायी रहेको बताए । पुस्तकको सम्पादन गरेकी शुभेच्छा तुलाधरले सामाजिक सेवाले ओतप्रोत रहेकी लेखक पौड्याल आफूमा भएका ज्ञान हस्तान्तरण गर्न रुचाउने कलाले नै पुस्तकको सार्थकता रहेको बताईन् ।

पण्डित नरहरि निरौलाले वर्तमान समयमा सबैजनाले आत्मचिन्तन गर्न जरुर रहेको बताए । सत्य, इमान, नैतिकताले मानिसलाई सफलताको मार्गमा लैजाने उनको भनाइ छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्रबहादुर प्रधानले आफ्ना अनुभवको सङ्ग्रह गर्न रुचाउने पुस्तालाई पुस्तकले प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

सांसद डा विमला राईले शताब्दी यात्राका ज्ञानलाई लिपिबद्धरुपमा प्रकाश पारी आउने पुस्तालाई हस्तान्तरण गर्न पुस्तक लोकार्पण गरिएको बताईन् । अबको पुस्ताले ज्येष्ठ नागरिकका ज्ञान, सीप, सङ्र्घष, अनुभवलाई सङ्ग्रह गरी आफ्नो जीवनको पाठको स्रोतको रुपमा लिन आवश्यक रहेको उनले बताईन् ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?