Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

पुस्तक ‘शताब्दी यात्रा’ लोकार्पण


१० जेष्ठ ,काठमाडौँ । इन्द्रमाया पौडेलद्वारा लिखित पुस्तक ‘शताब्दी यात्रा’को लोकार्पण गरिएको छ । आज आयोजित एक समारोहमा उपस्थिति अतिथिहरुले संयुक्तरुपमा सो पुस्तक लोकार्पण गरेका हुन् ।

समारोहमा लेखक पौड्यालले आफ्नो जीवनको लामो यात्रामा सङ्गालेका अनुभवलाई समेटी तयार पारिएको पुस्तक आफूपछिका पुस्तालाई हस्तान्तरण गर्न प्रकाशन गरेको बताईन् ।

पुस्तक समीक्षक सांसद डा बिन्दा पाण्डेले विगतको सामाजिक चित्रण रहेको पुस्तकमा जीवन जिउने मात्र होइन सामाजिक योगदान, शिक्षाप्रतिको अटल भाव, सुक्ष्म दृष्टिकोणले अध्ययनपछिको सामाजिक पहिचानको भाव झल्किएको बताईन् ।

त्यस्तै अर्का पुस्तक समीक्षक पत्रकार युवराज घिमिरेले अतीतका प्रतिकुल समयमा लेखकले गरेका सङ्घर्ष प्रेरणादायी रहेको बताए । पुस्तकको सम्पादन गरेकी शुभेच्छा तुलाधरले सामाजिक सेवाले ओतप्रोत रहेकी लेखक पौड्याल आफूमा भएका ज्ञान हस्तान्तरण गर्न रुचाउने कलाले नै पुस्तकको सार्थकता रहेको बताईन् ।

पण्डित नरहरि निरौलाले वर्तमान समयमा सबैजनाले आत्मचिन्तन गर्न जरुर रहेको बताए । सत्य, इमान, नैतिकताले मानिसलाई सफलताको मार्गमा लैजाने उनको भनाइ छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्रबहादुर प्रधानले आफ्ना अनुभवको सङ्ग्रह गर्न रुचाउने पुस्तालाई पुस्तकले प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

सांसद डा विमला राईले शताब्दी यात्राका ज्ञानलाई लिपिबद्धरुपमा प्रकाश पारी आउने पुस्तालाई हस्तान्तरण गर्न पुस्तक लोकार्पण गरिएको बताईन् । अबको पुस्ताले ज्येष्ठ नागरिकका ज्ञान, सीप, सङ्र्घष, अनुभवलाई सङ्ग्रह गरी आफ्नो जीवनको पाठको स्रोतको रुपमा लिन आवश्यक रहेको उनले बताईन् ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?