Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

घरेलु मैदानमै भारतसँग हार्यो नेपाल


१० जेठ, काठमाडाैँ । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भयो । भारतले नेपालमाथि २५-१२ २६-२४, २१-२५, २५-२१ को जित निकालेको हो ।

समूह ‘ए’ बाट यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको नेपाल समूह उपविजेता बन्यो । भारत समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । समूहमा भारतले तीन खेलबाट ९ र नेपालले ६ अङ्क बनायो ।

सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता काजकिस्तानसँग खेल्नेछ । भारतले समूह ‘बी’ को उपविजेता उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?