Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

घरेलु मैदानमै भारतसँग हार्यो नेपाल


१० जेठ, काठमाडाैँ । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भयो । भारतले नेपालमाथि २५-१२ २६-२४, २१-२५, २५-२१ को जित निकालेको हो ।

समूह ‘ए’ बाट यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको नेपाल समूह उपविजेता बन्यो । भारत समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । समूहमा भारतले तीन खेलबाट ९ र नेपालले ६ अङ्क बनायो ।

सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता काजकिस्तानसँग खेल्नेछ । भारतले समूह ‘बी’ को उपविजेता उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?