Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

स्थायी शान्ति र राहतको पर्खाइमा सुडान


१० जेठ, एजेन्सी । सुडानमा अमेरिका र साउदी अरबको मध्यस्थतामा भएको युद्धविराम घोषणाको दोस्रो दिन बुधबार झडपका घटना कम भए पनि युद्ध पूर्णरूपमा रोकिएको छैन । युद्धविरामको घोषणाले सङ्कटमा परेका नागरिकमा राहत कोरिडोर र युद्धबाट उम्कने बाटो चाँडै खुल्ने आशा जगाएको छ ।

राजधानीभर छिटपुट गोलाबारी अझै पनि प्रतिध्वनित भएको छ तर एक हप्ता लामो युद्धविरामको अवलोकन गरिरहेका दुई विदेशी शक्तिहरूले सोमबार अबेर युद्धविराम लागू भएदेखि खार्तूममा लडाईं ‘कम तीव्र’ देखिएको बताएका छन् ।

युद्धरत पक्षहरूले युद्धविरामको पूर्वसन्ध्यामा सैन्य लाभ लिन खोजेको मा ‘चिन्ता’ व्यक्त गरे र ‘दुवै पक्षले सम्झौताको उल्लङ्घन गरेको सङ्केत गर्ने’ रिपोर्टहरू आएका वासिङ्टन र रियादले जनाएका छन् ।

अप्रिल १५ मा युद्ध सुरु भयो, जसका कारण हजारौं विदेशीहरूले सुडान छोडेका छन् भने १० लाखभन्दा बढी सुडानीहरू आन्तरिक वा बाह्यरूपमा आफ्नो घर छोड्न बाध्य भएका छन् ।

सुडानका नेता सेना प्रमुख अब्देल फतह अल बुरहानले अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

अत्यधिक गर्मी, विद्युत् आपूर्ति बन्द र खाद्यान्न, औषधि र अन्य खाद्यान्नको चरम अभावबीच लाखौं मानिस लडाकु र घुमन्ते लुटेराहरूबाट लुक्न घरभित्रै थुनिएका छन् ।

सुडानका लागि संयुक्त राष्ट्रसङ्घका मानव अधिकार विज्ञ राधुआने नुइसरले युद्धको भयवहको चित्रण गर्दै भने, “पूरै देशलाई बन्धक बनाइएको छ । मानिसहरू एक्लो र परित्यक्त महसुस गरेका भेटिन्छन् ।”

यद्यपि, उनीहरूले सुडानका जनतालाई ‘जीवन रक्षक सहायता प्रदान गर्ने’ तयारी भइरहेकोमा जोड दिए । पाँच हप्ताभन्दा बढीको लडाईको सामना गरेको सुडानी नागरिकले युद्धबाट अतालिएको बताएका छन् । युद्धका कारण एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । युद्धमा हजारौँको सङ्ख्यामा घाइते भएका छन् ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?