Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

शेयर बजारमा दोहोरो अङ्कको वृद्धि


१० जेठ, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा कायम भएको हो ।

आज दुई सय ७० कम्पनीको ४८ लाख ६५ हजार चार सय ७५ कित्ता शेयर ३४ हजार आठ सय ४१ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ८७ करोड ३० लाख १८ हजार बराबरको कारोबार भएको छ । आज वित्त, जलविद्युत् र म्युचुअल फन्ड समूहको उपसूचक क्रमशः सात दशमलव ४५, सात दशमलव ५१ र शून्य दशमलव ०३ अङ्कले घटेको छ । अरु सबै समूहको उपसूचक भने बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक दुई सय २० दशमलव ६६ र होटल तथा पर्यटन समूहको उपसूचक एक सय ७१ दशमलव ४७ अङ्कले बढेको छ ।

बैैंकिङ समूह दुई दशमलव १५, विकास बैंक शून्य दशमलव ३०, लगानी शून्य दशमलव ३४, जीवन बीमा एक सय २० दशमलव २० र लघुवित्त समूह ७७ दशमलव ११ अङ्कले बढेको छ । त्यसैगरी, निर्जीवन बीमा समूह एक सय २१ दशमलव ४५, व्यापार समूह ३५ दशमलव १५ र अन्य समूह २१ दशमलव ०९ अङ्कले बढेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सानिमा इक्विटी फण्डको शेयर मूल्यमा तीन दशमलव ७७ प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १४ करोड ६४ लाख ९१ हजार बराबरको तीन लाख २६ हजार ३४ कित्ता शेयर खरिद बिक्री भएको छ ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?