Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

पाँच हजार मिटर दौडमा मिङमार र निनुलाई स्वर्ण


१० जेष्ठ ,मनहरी । दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन् ।

मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन् । मिङ्मारले निर्धारित दूरी १८ मिनेटमा नौ सेकेन्डमा पूरा गरे । सोही स्पर्धामा काठमाडौँका धर्म महर्जन र सिन्धुपाल्चोकका विश्वराम कुँवरले क्रमशः रजत र कास्य पदक प्राप्त गरे । महिलातर्फ निनुले निर्धारित दूरी २१ मिनेट आठ सेकेन्डमा पूरा गरिन् ।

सो स्पर्धामा दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कास्य पदक प्राप्त गरिन् । यसैगरी एथलेटिक्स दुई सय मिटर दौड पुरुषतर्फ मकवानपुरका जिकेश सापकोटा तथा महिलातर्फ मकवानपुरकै दिना गोपालीले स्वर्ण पदक जिते ।

हेटौँडास्थित पिप्ले क्याम्पा रङ्गशालामा भएकोे सो स्पर्धामा मकवानपुरकी निर्धारित दूरी २९ दशमलव ३७ सेकेन्डमा तथा जिकेशले २४ दशमलव ६० सेकेन्डमा पूरा गरे । महिला स्पर्धामा भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कास्य पदक प्राप्त गरे ।

पुरुषतर्फ मकवानपुरका सुजन राईले रजत र चितवनका शेखर उप्रेतीले कास्य पदक प्राप्त गरे । यस्तै महिला आठ सय मिटर दौडमा ललितपुरकी रजिना दुलालले स्वर्ण जितिन् । उनले निर्धारित दूरी दुई मिनेट ४० सेकेन्डमा पूरा गरिन् ।

यसै विधामा नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कास्य पदक प्राप्त गरिन् । सोही स्पर्धामा पुरुषतर्फ चितवनका अृमत बोटले स्वर्ण जिते । उनले निर्धारित दूरी दुई मिनेट आठ सेकेन्डमा पूरा गरे ।

सिन्धुपाल्चोकका टीकाराम लोप्चनले रजत र नुवाकोटका दिनेश राईले कास्य पदक प्राप्त गरेका छन् ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?