Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

पाँच हजार मिटर दौडमा मिङमार र निनुलाई स्वर्ण


१० जेष्ठ ,मनहरी । दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन् ।

मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन् । मिङ्मारले निर्धारित दूरी १८ मिनेटमा नौ सेकेन्डमा पूरा गरे । सोही स्पर्धामा काठमाडौँका धर्म महर्जन र सिन्धुपाल्चोकका विश्वराम कुँवरले क्रमशः रजत र कास्य पदक प्राप्त गरे । महिलातर्फ निनुले निर्धारित दूरी २१ मिनेट आठ सेकेन्डमा पूरा गरिन् ।

सो स्पर्धामा दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कास्य पदक प्राप्त गरिन् । यसैगरी एथलेटिक्स दुई सय मिटर दौड पुरुषतर्फ मकवानपुरका जिकेश सापकोटा तथा महिलातर्फ मकवानपुरकै दिना गोपालीले स्वर्ण पदक जिते ।

हेटौँडास्थित पिप्ले क्याम्पा रङ्गशालामा भएकोे सो स्पर्धामा मकवानपुरकी निर्धारित दूरी २९ दशमलव ३७ सेकेन्डमा तथा जिकेशले २४ दशमलव ६० सेकेन्डमा पूरा गरे । महिला स्पर्धामा भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कास्य पदक प्राप्त गरे ।

पुरुषतर्फ मकवानपुरका सुजन राईले रजत र चितवनका शेखर उप्रेतीले कास्य पदक प्राप्त गरे । यस्तै महिला आठ सय मिटर दौडमा ललितपुरकी रजिना दुलालले स्वर्ण जितिन् । उनले निर्धारित दूरी दुई मिनेट ४० सेकेन्डमा पूरा गरिन् ।

यसै विधामा नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कास्य पदक प्राप्त गरिन् । सोही स्पर्धामा पुरुषतर्फ चितवनका अृमत बोटले स्वर्ण जिते । उनले निर्धारित दूरी दुई मिनेट आठ सेकेन्डमा पूरा गरे ।

सिन्धुपाल्चोकका टीकाराम लोप्चनले रजत र नुवाकोटका दिनेश राईले कास्य पदक प्राप्त गरेका छन् ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?