Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

महिला भलिबलमा नेपाल सेमिफाइनलमा


९ जेष्ठ ,काठमाडौँ । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो ।

यस जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनल प्रवेश गर्न सफल भयो । नेपालले बङ्गलादेशलाई पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पार्यो भने खेलको दोस्रो सेट २५–८ तथा तेस्रो सेट २५–९ ले विजयी भयो ।

समूह ‘ए’ को नेपालले ६ अङ्क जोडेको छ । समान ६ अङ्क नै जोडएको भारत पनि यस समूहबाट सेमिफाइनल प्रवेश गरेको छ । समान दुई खेलमा जितविहीन बङ्गलादेश र किर्गिस्तान भने समूह चरणबाट बाहिरिएका छन् ।

नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पराजित गरेको थियो । अब नेपालले तेस्रो खेलमा बुधबार भारतको सामना गर्नेछ । भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?