Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

चार वटा पात्रो स्वीकृतिबिना प्रकाशन, अनुगमन जारी


९ जेठ, काठमाडाैँ । चारवटा पात्रो स्वीकृतिबिना प्रकाशन भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिइ चार पात्रो प्रकाशन भएको पाइएको हो । यस्तै दुई सयभन्दा बढी भित्तेपात्रो पनि स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ ।

समितिले गठन गरेको अनुगमन उपसमितिको प्रारम्भिक अनुगमनबाट तीन पात्रो र एक भित्तेपात्रो स्वीकृतिबिना प्रकाशन भएको पाइएको संयोजक मुरारी पाण्डेले जानकारी दिए । समितिबाट स्वीकृति नलिइ प्रकाशन भएका पात्रोमा ज्वाला पञ्चाङ्गम्, वैदिक पञ्चाङ्गम्लगायत रहेका छन् । प्रकाशन भएका पात्रो र भित्तेपात्रोको अनुगमन जारी रहेको उनले बताए ।

उपसमितिले प्रारम्भिक अनुगमन गरी त्यसको तथ्याङ्क संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका संस्कृति महाशाखा प्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिमा पेस गरिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । अनुगमन समितिले कानुनी कारबाहीका लागि प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्ने बताइएको छ ।

समितिसँग स्वीकृति लिएर १५ पात्रो र करिब एक हजार भित्तेपात्रो प्रकाशन भएका छन् । सही तिथिमिति र चाडपर्वको जानकारी लिन समितिले स्वीकृति दिएका पात्रो र भित्तेपात्रो मात्र प्रयोग गर्न समितिले आग्रह गरेको छ ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?