Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

राष्ट्रिय वाणिज्य बैंकले गर्यो नेपाली क्रिकेट टोलीलाई सम्मान


९ जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानका साथै जनही रु एक लाखद्वारा पुरस्कृत गरेको छ ।

सोमबार यहाँ बैंकले एक कार्यक्रममार्फत क्रिकेट खेलाडीसँगै प्रशिक्षकलाई सम्मान गरेको हो । त्यस्तै टिम अफिसियलहरूलाई जनही रु ५० हजारले पुरस्कृत गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाली क्रिकेट टोलीको प्रशंसा गर्दै आगामी दिनमा थप उचाइ प्राप्त गर्न शुभकामना दिए ।

उनले भने, “पछिल्लो समय नेपाली क्रिकेटले प्राप्त गरेको सफलता अभूतपूर्व छ । अबको यात्रा झन् कठिन र सङ्घर्षपूर्ण छ, त्यस यात्रामा यहाँहरूले हिजोको भन्दा बढी मेहनत र कठिन परिश्रम गरेर फेरि पनि राष्ट्रको नाम उच्च बनाउन यही कार्यक्रमबाट शुभकाना व्यक्त गर्छौं ।”

नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बैंकसँगको सहकार्य र खेलाडी सम्मानले हौसला प्राप्त गरेको बताए ।

“राष्ट्रिय वाणिज्य बैंकले आफैँले सम्झेर खेलाडीहरूको हौसला बढाउने शुभकार्य थालनीका लागि सङ्घका तर्फबाट आभार प्रकट गर्छौं । यहाँहरूको साथले नेपालको क्रिकेटले थप उचाइ प्राप्त गर्नेछ”, उनले भने । उनले खेलाडीसँगै खेलाडी छनोटकर्ता र प्रशिक्षकप्रति पनि आभार प्रकट गरे ।

राष्ट्रिय वाणिज्य बैंकले गत बुधबार नै नेपाली राष्ट्रिय क्रिकेट टोलीका नेपाली टोलीलाई नगद राशिसहित सम्मान गर्ने घोषणा गरेको थियो ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?