Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

अल्बानीजसँग वार्ता गर्न सिड्नी आइपुगे भारतीय प्रधानमन्त्री मोदी


९ जेठ, सिड्नी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पपुवा न्यु गिनीको भ्रमण सकेर सिड्नी आएका छन्।

सिड्नी आइपुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतका लागि अस्ट्रेलियाली उच्चायुक्त ब्यारी ओफरेल र अन्य अधिकारीहरूले स्वागत गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानीजसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्।

उनीहरूको द्विपक्षीय भेटमा बृहत् आर्थिक सहयोग सम्झौतामार्फत दुई देशबीचको व्यापारलाई बढावा दिने प्रयासलगायत व्यापार र लगानीका विषयमा छलफल गर्ने बताइएको छ, त्यसैगरी दुई देशका जनस्तरको सम्बन्ध, नवीकरणीय ऊर्जा एवं सुरक्षा सहयोगलाई थप मजबुत बनाउनेविषयमा पनि छलफल केन्द्रित हुने अष्ट्रेलिया सरकार द्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

भ्रमणका क्रममा भारतीय डायस्पोराका सदस्यहरूले ‘भारत माता की जय’ र ‘वन्दे मातरम’ भन्दै प्रधानमन्त्री मोदीलाई स्वागत गरेका थिए। दुई देशका प्रधानमन्त्रीहरूले सिड्नीमा भारतीय डायस्पोराहरूले आयोजना गर्ने बहुसांस्कृतिक कार्यक्रममा भाग लिनेछन्।

यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले नयाँ दिल्लीमा सेप्टेम्बरमा आयोजना हुन लागेको आर्थिक सहयोगका लागि विश्वको प्रमुख मञ्च जी-२० का नेताहरूको शिखर सम्मेलन भारत भ्रमण गर्न उत्सुक रहेको पनि बताएका छन्।

पपुवा न्यु गिनीको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री मोदीले आज आफ्ना समकक्षी जेम्स मारापेसँग संयुक्त रूपमा फोरम फर इन्डिया-प्यासिफिक आइल्याण्ड्स कोअपरेसनको तेस्रो शिखर सम्मेलनमा भाग लिएका थिए।

यसअघि उनीले जापानमा आयोजित जी-७ उन्नत अर्थतन्त्रको शिखर सम्मेलनमा भाग लिनुका साथै विश्वका थुप्रै नेताहरुसँग द्विपक्षीय भेटघाट गरेका थिए।

हिरोशिमामा भएको जी-७ शिखर सम्मेलनको छेउमा क्वाड शिखर सम्मेलन पनि आयोजना गरिएको थियो।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?