Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

अल्बानीजसँग वार्ता गर्न सिड्नी आइपुगे भारतीय प्रधानमन्त्री मोदी


९ जेठ, सिड्नी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पपुवा न्यु गिनीको भ्रमण सकेर सिड्नी आएका छन्।

सिड्नी आइपुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतका लागि अस्ट्रेलियाली उच्चायुक्त ब्यारी ओफरेल र अन्य अधिकारीहरूले स्वागत गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानीजसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्।

उनीहरूको द्विपक्षीय भेटमा बृहत् आर्थिक सहयोग सम्झौतामार्फत दुई देशबीचको व्यापारलाई बढावा दिने प्रयासलगायत व्यापार र लगानीका विषयमा छलफल गर्ने बताइएको छ, त्यसैगरी दुई देशका जनस्तरको सम्बन्ध, नवीकरणीय ऊर्जा एवं सुरक्षा सहयोगलाई थप मजबुत बनाउनेविषयमा पनि छलफल केन्द्रित हुने अष्ट्रेलिया सरकार द्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

भ्रमणका क्रममा भारतीय डायस्पोराका सदस्यहरूले ‘भारत माता की जय’ र ‘वन्दे मातरम’ भन्दै प्रधानमन्त्री मोदीलाई स्वागत गरेका थिए। दुई देशका प्रधानमन्त्रीहरूले सिड्नीमा भारतीय डायस्पोराहरूले आयोजना गर्ने बहुसांस्कृतिक कार्यक्रममा भाग लिनेछन्।

यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले नयाँ दिल्लीमा सेप्टेम्बरमा आयोजना हुन लागेको आर्थिक सहयोगका लागि विश्वको प्रमुख मञ्च जी-२० का नेताहरूको शिखर सम्मेलन भारत भ्रमण गर्न उत्सुक रहेको पनि बताएका छन्।

पपुवा न्यु गिनीको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री मोदीले आज आफ्ना समकक्षी जेम्स मारापेसँग संयुक्त रूपमा फोरम फर इन्डिया-प्यासिफिक आइल्याण्ड्स कोअपरेसनको तेस्रो शिखर सम्मेलनमा भाग लिएका थिए।

यसअघि उनीले जापानमा आयोजित जी-७ उन्नत अर्थतन्त्रको शिखर सम्मेलनमा भाग लिनुका साथै विश्वका थुप्रै नेताहरुसँग द्विपक्षीय भेटघाट गरेका थिए।

हिरोशिमामा भएको जी-७ शिखर सम्मेलनको छेउमा क्वाड शिखर सम्मेलन पनि आयोजना गरिएको थियो।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?