Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

वर्षौँको सपना : एक घर, एक धारा


८ जेष्ठ ,गल्याङ । वर्षौँ पहिले देखिएको सपना ‘एक घर, एक धारा’ बन्ने भएपछि यहाँका स्थानीयवासीमा खुसियाली छाएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–२, इलुङ्गावासीले घरघरमा धारा ल्याउने भनेर धेरै पहिलेदेखि माग गर्दै आएका थिए ।

सङ्घीय बजेटबाट विनियोजित करिब तीन करोड लगानीमा आँधीखोला इलुङ्गा लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चारणमा पुगेपछि स्थानीयवासी उत्साहित भएका हुन् । इलुङ्गादेखि एक सय ८० मिटर भर्टिकल हाइटमा रहेको थाक्थुमस्थित आँधीखोलाबाट लिफ्टिङ प्रणालीमार्फत घरघरमा पानी आउने उपभोक्ता समूहका अध्यक्ष लालबहादुर घर्तीले जानकारी दिए ।

उनले आयोजना २०७८ मा काम सम्पन्न हुने गरी २०७७ मा सम्झौता भए पनि बजेट अभावका कारण आर्थिक वर्ष २०७९/८० सम्मका लागि समयावधि थप गरिएको बताए । घर्तीले बजेट अभाव हुने देखिएकाले सङ्घीय सरकारसँग थप बजेटको माग गरिएको जानकारी दिए ।

उनले बजेट अभाव नभए यही आर्थिक वर्षमा काम सम्पन्न हुने दाबी गरे । उनका अनुसार हालसम्म २० हजार लिटर क्षमताको डिसी ट्याङ्की, ५० हजार लिटर क्षमताका तीनवटा घरघरमा पानी वितरण गर्ने ट्याङ्की, सम्पाइल इनार, मुख्य पाइपको काम सम्पन्न भएको छ ।

घर्तीका अनुसार अहिले बिजुली, शाखापाइप लाइन र धारा निर्माणको काम चलिरहेको छ । राधाकृष्ण आमा समूहकी अध्यक्ष विष्णु गौडेलले यसअघि ग्राभिटी सिस्टमबाट गाउँलेले पानी खाएको बताए । उनले सबै टोलमा गरेर जम्मा २१ वटा धारा भए पनि हिउँदमा खानेपानीको हाहाकार हुने गरेको दुखेसो पोखे ।

पानीको अभावले प्रशस्त मात्रामा पिउन र गाईवस्तुलाई खुवाउन समस्या हुँदै आएको थियो । यो आयोजना सम्पन्न भएपछि सामान्य करेसाबारीमा लगाउन, लुघा धुन र नुहाउन समस्या नहुने अध्यक्ष गौडेलको दाबी छ । आँधीखोला इलुङ्गा लिफ्टिङ खानेपानी आयोजनाबाट एक सय १२ घरपरिवार लाभान्वित हुनेछन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?