Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

वर्षौँको सपना : एक घर, एक धारा


८ जेष्ठ ,गल्याङ । वर्षौँ पहिले देखिएको सपना ‘एक घर, एक धारा’ बन्ने भएपछि यहाँका स्थानीयवासीमा खुसियाली छाएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–२, इलुङ्गावासीले घरघरमा धारा ल्याउने भनेर धेरै पहिलेदेखि माग गर्दै आएका थिए ।

सङ्घीय बजेटबाट विनियोजित करिब तीन करोड लगानीमा आँधीखोला इलुङ्गा लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चारणमा पुगेपछि स्थानीयवासी उत्साहित भएका हुन् । इलुङ्गादेखि एक सय ८० मिटर भर्टिकल हाइटमा रहेको थाक्थुमस्थित आँधीखोलाबाट लिफ्टिङ प्रणालीमार्फत घरघरमा पानी आउने उपभोक्ता समूहका अध्यक्ष लालबहादुर घर्तीले जानकारी दिए ।

उनले आयोजना २०७८ मा काम सम्पन्न हुने गरी २०७७ मा सम्झौता भए पनि बजेट अभावका कारण आर्थिक वर्ष २०७९/८० सम्मका लागि समयावधि थप गरिएको बताए । घर्तीले बजेट अभाव हुने देखिएकाले सङ्घीय सरकारसँग थप बजेटको माग गरिएको जानकारी दिए ।

उनले बजेट अभाव नभए यही आर्थिक वर्षमा काम सम्पन्न हुने दाबी गरे । उनका अनुसार हालसम्म २० हजार लिटर क्षमताको डिसी ट्याङ्की, ५० हजार लिटर क्षमताका तीनवटा घरघरमा पानी वितरण गर्ने ट्याङ्की, सम्पाइल इनार, मुख्य पाइपको काम सम्पन्न भएको छ ।

घर्तीका अनुसार अहिले बिजुली, शाखापाइप लाइन र धारा निर्माणको काम चलिरहेको छ । राधाकृष्ण आमा समूहकी अध्यक्ष विष्णु गौडेलले यसअघि ग्राभिटी सिस्टमबाट गाउँलेले पानी खाएको बताए । उनले सबै टोलमा गरेर जम्मा २१ वटा धारा भए पनि हिउँदमा खानेपानीको हाहाकार हुने गरेको दुखेसो पोखे ।

पानीको अभावले प्रशस्त मात्रामा पिउन र गाईवस्तुलाई खुवाउन समस्या हुँदै आएको थियो । यो आयोजना सम्पन्न भएपछि सामान्य करेसाबारीमा लगाउन, लुघा धुन र नुहाउन समस्या नहुने अध्यक्ष गौडेलको दाबी छ । आँधीखोला इलुङ्गा लिफ्टिङ खानेपानी आयोजनाबाट एक सय १२ घरपरिवार लाभान्वित हुनेछन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?