Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन


८ जेष्ठ ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उद्घाटन गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले प्रतियोगिताको सफलताको कामना गरे ।

उनले आफू प्रधानमन्त्री भएको दोस्रो कार्यकालमा भलिबल खेललाई राष्ट्रिय खेलकुदका रुपमा घोषणा गरेको स्मरणसमेत गरे । उनले भने, “भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गर्ने मौका मैले नै प्राप्त गरेको थिएँ, आज ६ वर्षपछि आफ्नो तेस्रो कार्यकालमा फेरि महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्न पाउँदा धेरै खुसी र गर्व महसुस गरेको छु ।”

प्रधानमन्त्री दाहालले आयोजक टोलीलाई बधाई दिँदै सहभागी राष्ट्रको नेपाल बसाइ सुखद र सफल रहोस् भन्ने शुभकामनासमेत प्रदान गर्नुभयो । प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, कीर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तान गरी आठ राष्ट्रको सहभागिता रहेको छ ।

सहभागी टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान छन् भने समूह ‘बी’मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् । उक्त प्रतियोगिता यही जेठ १४ गतेसम्म चल्नेछ ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?