Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

राष्ट्रिय उद्यान महासङ्घ गठन, अध्यक्षमा खेमप्रसाद लुइँटेल चयन


८ जेठ, बुटवल । देशभरका उद्यान(पार्क)को बुटवलमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनले राष्ट्रिय उद्यान महासङ्घ गठन गरेको छ ।

महासङ्घको नेतृत्वमा राष्ट्रिय सम्मेलन आयोजक प्रमुख दुई संस्थाका अध्यक्ष नै क्रमशः अध्यक्ष र महासचिवमा चयन भएका छन् । राष्ट्रिय सम्मेलन आयोजक संस्था बुटवलस्थित मणिमुकुन्दसेन उद्यान परिषद्का अध्यक्ष खेमप्रसाद लुइँटेल र महासचिवमा शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) का अध्यक्ष बेलप्रसाद शर्मालाई सर्वसम्मत चयन भएका छन् ।

नेपालमै पहिलोपटक आयोजना भएको उद्यानको राष्ट्रिय सम्मेलनबाट गठित महासङ्घको उपाध्यक्षमा रघुनाथ खुलाल (मकवानपुर) र मिना श्रेष्ठ (रुपन्देही) चयन हुनुभएको छ । यस्तै सचिवमा लक्ष्मीप्रसाद खनाल (सुनसरी) र कोेषाध्यक्षमा सुनिता शर्मा (पाल्पा) चयन हुनुभएको छ ।
महासङ्घको सदस्यमा विष्णुमाया आचार्य, टङ्क बराल, अमरबहादुर कार्की, हिमालकुमार श्रेष्ठ, दिलकुमार गिरी, हरिकला कुमाल, शान्ता खनाल र हेमबहादुर बम चयन भएका छन् ।

सम्मेलनमा सातै प्रदेशबाट करिब ४० जिल्लाका एक सय ५० उद्यानबाट प्रतिनिधित्व भएको सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले बताए । मणिमुकुन्दसेन उद्यान बुटवल र शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र तिलोत्तमाको आयोजनामा जेठ ६ र ७ गते बुटवलमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?