Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

अफगानिस्तान हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि


८ जेठ, एजेन्सी । अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार भएको सैन्य हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि वगरिएको छ । विमान दुर्घटनाग्रस्त भएकोबारे स्थानीय सञ्चारमाध्यम टोलोन्युजले यसअघि नै अधिकारीलाई उद्धृत गरी पुष्टि गरेको थियो ।

महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आइतबार दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी दिएको छ ।

उक्त निजी सञ्चारमाध्यमका अनुसार महाजिरले दुर्घटनामा कोही हताहत भएको वा नभएको बताएका छैनन् । यसअघि, टोलोन्युजले अज्ञात स्रोतलाई उद्धृत गर्दै हेलिकप्टरका दुई जना पाइलटको मृत्यु भएको जनाएको थियो । विमान चालक दुबै जनाको मृत्यु भएको रक्षा मन्त्रालयले साँझ मात्रै पुष्टि गरेको हो ।

“मजार–ए–शरिफ एयरफिल्डबाट सामंगनतर्फ उडेको देशको वायु सेनाको एमडी–५३० हेलिकप्टर बिजुलीको तारसँग ठोक्किएको र उक्त दुर्घटनामा दुई चालकको मृत्यु भएको छ ।,” रक्षामन्त्रीले ट्वीटरमा लखेका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?