Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

रङ्गशालामा भागदौड हुँदा ९ जनाको मृत्यु


७ जेठ, एजेन्सी । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।

प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्याइएको छ ।

प्रहरीले सार्वजनिक गरेको भिडियोमा रङ्गशाला बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन् । अलियान्जा र एफएएस एल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?