Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

घरेलु मैदानमा पराजित भएको बार्सिलोनाले उचाल्यो ला लिगाको उपाधि


७ जेठ, एजेन्सी । चार खेल अगावै ला लिगा च्याम्पियन बनेको बार्सिलोनाले उपाधि उचालेको छ ।

शनिबार राति घरेलु मैदानमा रियाल सोसिडाडसँग १–२ गोलको नतिजामा पराजित भए पनि अंक तालिकाको आधारमा बार्सिलोनाले उपाधी उचालेको हो ।

घरेलु मैदानमा शनिवार राती भएको खेलमा बासिलोना रियल सोसिडाडसँग २–१ ले पराजित भएपछि उसका समर्थकले एकलौटी बिजयको उल्लास भने मनाउन पाएनन । यद्यपी, उसले उपाधीमा बाजी मारेर आफनो जीतमा भने सेलिब्रेसन गरेको छ ।

खेल सुरु भएको ५ र्औं पाँचौं मिनेटमा मिकेल मेरिनोले गरेको गोलसँगै पाहुना टिम सोसिडाडले अग्रता लिन सुरु गरेको थियो । र, पहिलो हाफ १-० मा नै टुंगियो ।

घरेलु टिम बार्सिलोना माथि दबाब बढाएको सोसिडाडका लागि ७२ औं मिनेटमा अलेजेन्डर सोर्लोथले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे पछि बार्सिलोना थप दबाबमा पर्न गयो ।

तर, निर्धारित समयको अन्तिम मिनेटमा लेवान्डोस्कीले एक गोल फर्काए पछि बार्सिलोनाले गोलरहित पराजय भने भोग्नु परेन । अन्ततः खेल २–१ मा टुंगिदै बार्सिलानाले उपाधी जीतमा सेलिब्रेसन गर्ने राहात पायो ।

तर, बार्सिलोना ८५ अंक जोडेर ला लिगाको च्याम्पियन बन्न सफल हुन पुग्याे ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?